दमक/
दमक पब्लीक लाइब्रेरीबाट सुरु भएको डिपिएल नेपाल । डिपिएल अर्थात डाईनामाीक । एउटा कोठामा राखीएका पुस्तकहरु पढ्ने र त्यसबाट ज्ञानज्ञुनका कुरा सिक्ने यसको पहिलो लक्ष थियो । तर अहिले यो लक्ष परिमार्जन हुदै गएको छ । यसले अहिले कयौ उद्यमी यूवाको उत्पादन गरेको छ । कयौ यूवालाई असल नेतृत्वमा पुर्याएको छ । यस दमक पब्लीक लाइब्रेरी स्थापना हुदाका अध्यक्ष भेषराज न्यौपानेले बताउनु भयो ।
अहिले समय परिवर्तन भएको छ । सामाजीक सञ्जालको विकासक्रमसँगै लाइब्रेरीमा गएर पुस्तक पढ्नेहरुको जमातमा केहि कमी आएको कुरा न्यौपाने स्विकार गर्नु हुन्छ । यसलाई परिमार्जन गर्न इलाइब्रेरी सञ्चालन गरिनुपर्ने हो । तर त्यसको सहज उपलब्धता र खर्चीलोपनाका कारण अहिलेनै सुरु गर्न चुनौती देखिएको उहाँको भनाई छ ।
दमक पब्लीक लाइब्रेरी सुरु भएको त १२ वर्ष भयो । तर यसलाई देशव्यावी फैलाउन थालेको चाहि ४ वर्ष पुरा भएको छ । राष्ट्रिय स्तरको अभियानमा लिएर जान थालेपछि यसको नाममा केहि परिमार्जन गरि डिपिएल बनाउन थालीएको हो । अहिले यसको बिभिन्न १० वटा शहरमा शाखाहरु रहेका छन् । एउटा शाखाबाट कार्यसमितीका ७ जनालाई मताधिकार सहित निर्वाचन हुदै आएको छ । त्यसैले आगामी पुष २८ गते शनिबार यसको चौथो राष्ट्रिय महाधिबेसन हुदै छ ।
यो पटक यसको महाधिबेन झापाको कमल गाउँपालिमामा हुने भएको छ । यहाँ रहेको कमल गाउँ पालिकाको समितीले यसको होष्ट गर्दै छ । हरेक वर्ष नेतृत्व परिवर्तन हुने गरि यसको महाधिवेशन हुने गर्छ । अध्यक्ष बाहेकका पदमा आकक्षीहरुले उम्मेद्वारी दिने सक्छन् ।
५ सय बढि यूवाहरुको उपस्थितीमा सम्पन्न हुन लागेको यो महाधिबेसनमा करिव ४ लाख रुपैँया खर्च हुने पूर्वानुमान गरिएको छ । बिभिन्न स्थानीय सरकार तथा व्यवसायीक प्रतिस्ठानबाट सहयोग संकलन गरि आर्थीक संकलन गरिएको आर्थीक संयोजक दिपक खड्काले जानकारी दिनु भयो भने कार्यक्रममा सहभागी हुन आउने डिपिएल नेपालका सदस्यहरुलाई भने केहि प्रवेश शुल्क समेत तोकीएको छ
भिडियोमा हेरौ
https://youtu.be/YgTUbzWD7WQ









