सुन्दर समाज नेपालको कार्यालय उद्धघाटनसँगै सम्मान कार्यक्रम

दमक/
दमकका सकृय महिलाहरुले सञ्चालन गर्दै आएको सुन्दर समाज नेपालले आफ्नो कार्यालय उद्धघाटन गरेको छ । दमक ५ स्थित लक्की इन्टेरियर डेकुरेट भएको भवनको दोस्रो तल्लामा कार्यालयको उद्धघाटन भएको हो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले कार्यालयको रेबीन काटेर उद्धघाटन गर्नु भयो ।
समाजले महिला, बालबालिका, उत्पीडन तथा समस्यामा परेका समुदायमा बिभिन्न परोपकारी काम गर्दै आएको छ ।

‘जहाँ समस्या त्यहा सुन्दर समाज’ भन्ने ‘स्लोगन’ बनाएर समाज अघी बढिरहेको यसको सस्थापक संयोजक रुपा सेलिङ राईले जानकारी दिनु भयो ।

समाजमा देखिएका अन्य विभिन्न बिकृती र बिसङ्गतीका विरुद्धमा पनि अव समाजले कार्यक्रमहरु गर्ने र नाम जस्तै सुन्दर समाज निर्माण अभियानमा आफुहरु जुट्ने प्रतिवद्धता वर्तमान अध्यक्ष बिन्दु सिटौला लक्कीले गर्नु भयो ।

समाज रुपान्तरणमा यहाँ रहेका बिभिन्न अंगहरुको उत्तीकै उपस्थिती र सकृयता आवश्यक पर्ने भएकोेले सुन्दर समाज नेपाललाई आफ्नो उद्धेस्य पुरा गर्न नगरकी उप प्रमुख भट्टराईले शुभकामना व्यक्त गर्नु भयो ।

समस्या परेका ठाउँमा दिगो समाधानकालागि सहकार्य गर्न दमक नगरपालिका सँधै तयार रहेको पनि उहाँले कार्यक्रमका क्रममा बताउनु भयो ।

सामाजीक अगुवा ‘दुर्गा म्याम’लाई सम्मान

सामाजीक अगुवा दुर्गा खनाल (काफ्ले)लाई समाजले सम्मान समेत गरेको छ । काफ्लेले विप्पन्न बालबालिकाको शैक्षिक स्तर बृद्ध गर्न गरिरहेका कामको उच्च कदर गर्दै उहाँलाई दोसल्ला उडाई सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।

नगरकी उप प्रमुख भट्टराई, समाजकी अध्यक्ष सिटौला सहित अन्य पदाधिकारीले दोसल्ला ओडाई सम्मान पत्रद्धारा सम्मान गरेका हुन ।

उहाँले सामुदायीक विद्यालयमा अध्ययन गर्ने बालबालिकाकालागि विद्यालय पोषाक, न्यानो कपडा साथै विभिन्न शैक्षिक सामाग्री निरन्तर बितरण गरिरहनु भएको साथै विभिन्न विद्यालयमा सरस्वती देवीको मन्दिर समेत निर्माणमा सहयोग गर्दै विप्पन्न बालबालिकाको शिक्षा सुधारमा महत्वपूणर् भूमिका निर्वाह गरेकोले सम्मान गरिएको अध्यक्ष सिटौलाले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी