‘महिलामा हुने क्यान्सर निको हुन्छ तर आत्तीनु भएन’ (भिडियोमा हेरौ)

दमक/
महिलाहरुमा खासगरी छाती र पाठेघरको मुखको क्यान्सर बढि मात्रामा हुने गरेको छ । विस्व स्वास्थ्य संगठनका अनुसार पनि छाती पछि धरै महिलामा पाठेघरको मुखको क्यान्सका पीडीतहरु बढिरहेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५ देखी ४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

 

पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

तर यदी यसलाई समयमै पहिचान गर्न सके ठुलो जोखिम बहन गर्न चाहि पर्दैन । यसबाट जोगिनका लागि पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ। भ्mापा स्थित दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार भिआइए परीक्षण गर्नुपर्छ त्यसमा नराम्रो कोषिकाहरू बढेको छ कि छैन पत्ता लगाउनुपर्छ। एचपीबी डिएनएको पनि परीक्षण गर्नुपर्छ। यसको परीक्षणले भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। जसले गर्दा पाँचदेखि १० वर्षको बीचमा क्यान्सर लाग्छ कि लग्दैन भनेर अनुमान गर्न सकिन्छ। त्यसैले हरेक महिलाहरूले यसको परीक्षण गर्नुपर्छ।

नेपालमा यसका रोगीको संख्या यति नै छन् भन्ने आधिकारिक तथ्यांक छैन। यही समस्याका कारण महिलाहरूको सबभन्दा बढी मृत्यु हुने गरेको छ। महिलाको मृत्युको दोस्रो कारण स्तन क्यान्सर हो। हरेक वर्ष २ हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकले देखाएको छ।

त्यसमध्येमा १ हजार महिलाको त्यही रोगका कारण मृत्यु हुने गरेको छ। त्यसैले दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई भन्नु हुन्छ अव स्वास्थ्यमा कोहि पनि हेलचेक्राई नगरौ, स्थानीय सरकार पनि यसमा जिम्मेवार बनेको छ । भिआईए परिक्षणलाई तिव्रता दिएर यो रोगको पहिचानलाई बिस्तार गरी यसको रोकथाममा हामी लागी पर्न थालेका छौ ।’

मंगलबार दमक नगरपालिका वडा नं ६ मा महिलाहरुको आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गरी प्रषव तथा फिस्टुला स्तन क्यान्सर परिक्षण सम्बन्धी निशुल्क स्वास्थ्य शिविर भयो ।यसले वडा देखी नगरमा रहेका महिलाहरुको स्वास्स्थ्य स्थित के रहेछ भन्ने कुराको पहिचान गर्न मद्यत पुगेको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो । ।

शिविरमा १०६ जनाले स्वास्थय सेवा लिनु भएको थियो । ।जसमध्ये ८६ जनाको भिआईए र ३० जनाको यू एस जी परिक्षण गरिएको थियो ।

भिडियोमा हेरौ

https://youtu.be/j4v59WaL5x0

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा