अव परिवार नियोजन प्रयोग गर्ने कि परिवार योजना बनाउने ? तथ्यगत बुझौ

दमक/
सबै भन्दा पहिला यो तथ्य बुझौ ,
राष्ट्रिय जनगणना २०७९ मा आधारित मातृ मृत्युसम्बन्धी अध्ययन अनुसार अझै पनि प्रतिलाख जीवित जन्ममा मातृ मृत्य १ सय ५१ रहेको छ । त्यसै गरी मातृ मृत्यु भएका महिलाहरुमध्ये १० प्रतिशत किशोरी रहेका छन् र ५ प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइएको छ । नेपाल जनसांख्यिक सर्वेक्षण २०२२ अनुसार नवजात शिशु मृत्युदर प्रति १ हजारमा जीवित जन्म २१ रहेको छ ।

गुणस्तरीय परिवार योजनाको सर्वव्यापी पहुँच मातृ मृत्युलाई घटाउने एक महत्वपूर्ण आधार हो । २० वर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकी महिलाको स्वास्थ्य र सशक्तीकरण गर्नुका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पु¥याउने भएकाले परिवार योजना सेवाको पहुँचको सुनिश्चितता गर्नुपर्ने परिवार योजनाको बारेमा काम गरिरहेको सस्था मुम्मेण्टम नेपालका कोशी प्रदेश संयोजक मजबुल आलमले बताउनु भयो । उहाँले आज झापाको दमक नगरपालिकामा यसको बारेमा जानकारी दिदै भन्नु भयो परिवार योजना प्रत्येक मानीसको जीवनलाई सुखी, खुसी , स्वस्थ्व र समृद्ध बनाउने एउटा महत्वपूर्ण आधार हो ।

आमा र बच्चाको स्वास्थ्य सुधारका लागि परिवार योजना सेवामा लगानी वृद्धि र पहुँच सुनिश्चित गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, निजी क्षेत्र, सरोकारवाला, तीनै तहका सरकारले प्राथमिकतामा राख्नु पर्नेमा उहाँको जोड छ । संविधान प्रदत्त हक प्राप्तिका लागि सबै पक्षको सहयोगको आवश्यकता छ ।

 

परिवार योजना सेवालाई सरकारको प्राथमिकतामा राख्नका लागि बजेट तय गर्दा नेपाल सरकारले ध्यान दिनुपर्नेमा पछिल्लो समय परिवार योजनाको क्षेत्रमा बजेट कम गर्दै लगेको विषयमा सरकारको ध्यान पुग्न जरुरी रहेको आलमले बताउनु भयो । अहिले यो क्षेत्रमा १ रुपैँया लगानी गर्ने हो भने यसले भविष्यमा तीन रुपैँया भन्दा बढि बचत गराउने भन्दै परिवार योजनामा लगानी बढाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

संविधानमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन–२०७५ र नियमावली–२०७८ लगायत स्वास्थ्य नीति, रणनीति र निर्देशिकाहरूले परिवार योजनालाई महत्व दिइएको पाइन्छ ।

यसको सूचना र सेवा सबैका लागि त्यसमा पनि खास गरी हालसम्म यो सेवाको पहुँच र उपयोग कम भएका सीमान्तकृत समुदायहरूमा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन–२०७५ ले सबै स्थानीय तहले परिवार योजना लगायत प्रजनन स्वास्थ्यका लागि बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा