ब्रम्हाकुमारी राजयोग पाठशालाको सशक्तिकरण कार्यक्रम

दमक/
शान्तीको पाठ पढाउँदै नैतिकता सिकाउने ब्रम्हाकुमारी राजयोग पाठशाला दमकको पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ ।
दमक ८ स्थित पाठशालामा आयोजना गरिएको कार्यक्रममा शान्त्ती र नैतिकताको बारेमा आम नागरीकमा सशक्तिकरण कार्यक्रम समेत गरीएको थियो ।
ब्रम्हाकुमारी राजयोग केन्द्र कोशी प्रदेशकी सञ्चालीका ब्रम्हाकुमारी सिता दिदिले प्रवचन दिनु भएको थियो ।

उहाँले विस्व शान्त्ती, मानवीयता र नैतिकताका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
समाज रुपान्तरणमा सकरात्मक सोच महत्वपूर्ण रहेको भन्दै उहाँले ब्रम्हाकुमारीको पथमार्ग शान्त्ती र नैतिकताउन्मुख रहेकोले सबैले अगाल्न अनुरोध गर्नु भएको थियो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, नगर प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश) लगायत सरकारका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको यो कार्यक्रममा दमकका बिभिन्न क्षेत्रबाट आएका नागरीकहरुको उल्लासमय उपस्थिती रहेको थियो ।

दमक ८ को पाठशालामा २० जना विद्यार्थी रहेको र दमक ५ स्थित दिपिनी मार्गमा रहेको ब्रम्हाकुमारी राजयोगमा १ सय ५० जना विद्यार्थीले नियमती कक्षा लिइरहेको दमककी सञ्चालीका ब्रम्हाकुमारी राधा दिदिले जानकारी दिनु भयो ।

निशुल्क रुपमा अध्ययन गर्न पाइने शान्त्ती, मानवीयता, नैतिकता र उत्प्रेरणाका कक्षाहरुमा जुनसुकै उमेर समुहका व्यक्तिहरु सहभागी हुन सक्ने जनाइएको छ । यो बिहान ७ बजे देखी १० बजे सम्म र दिउँसो ३ बजे देखी ६ बजे सम्म गरी दुई सत्रमा पढाई हुने गर्दछ ।

न्यूनतम एक हप्ता कक्षा लिइदा धेरै कुरा सिकीने भएकोले सहभागी जनाउन अनुरोध गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,