दमकलाई योग नगरी घोषणाको तयारी, योग कसरी गर्ने ?

दमक/
दमक नगरभीत्र अहिले योगका अभ्यासहरु जताततै हुने गरेका छन् । विभिन्न सघं सस्थाहरुले समन्वय गरेर आम नागरिकलाई योग अभ्यासमा जोडीरहेका छन् ।
दमकको दिपिनी आधारभूत विद्यालय, धनेस्वर सहकारी, बिभिन्न स्थानका मन्दिरहरुको हल , सुर्यदर्शन र स्वणर् लक्ष्मी सहकारी लगायतको सभाहलमा नियमीत रुपमा योगका अभ्यास हुने गरेको छ ।

वित्तिय सस्थाले आफै समन्वय गर्दै सदस्यहरुलाई योगमा जोडीरहेका छन् । विभिन्न सामाजीक सघं सस्थाहरुले पनि योगमा आउन भन्दै प्रेरीत गरिरहेका छन् ।
श्रोत साधनमा कहि कमि भयो भने वडा सरकार तथा नगर सरकारसग आफ्ना मागहरु लिएर गएर भएपनि योग साधनामा कमि नआउने गरि काम गरिरहेको पतञ्जली योग दमक नगर समिती नेपालका महामन्त्री धनपति ओडारीले जानकारी दिनु भयो ।

 

 

गाउँ शहर नगर , योगको रहर भन्दै आज दशौ अन्तरािष्ट्रय योग दिवस मनाउदै दमक चोकमा प्रभातफेरी पनि गरियो ।

 

एक हजार भन्दा बढिको सहभागीताले पनि दमकमा योग प्रतिको आकर्षण बढ्दै गएको र यसमा सरकारले केहि चासो राख्ने हो भने दमकलाई योग नगरी घोषणा गर्न सकिने ओडारीको भनाई छ । यो लक्ष्य पुरा गर्न आफुहरु लागी परिरहेको पनि उहाँले बताउनु भयो ।

यसै सन्दर्भमा आज दमकमा बिभिन्न स्थनमा योग सम्बन्धीका कार्यक्रमहरु भए । सुर्यदर्शन योग साधना केन्द्र एव दमक मारबाडी युबा समितिको सयुक्त योग दिवस मनायो ।

एक सय जना भन्दा बढिको उपस्थीतीमा सम्पन्न भएको कार्यक्रममा अन्जली श्रेष्ठले योगको कक्षा सन्चालन गर्नु भएको थियो ।


कसरी गर्ने त योग ?
योग र स्वास्थ्य
योगमा धेरै शारीरिक व्यायाम छन् जसलाई हामी आसन भन्छौं । पहिले हाम्रो आचरण र विचारहरु सुधार्ने । शरीर र विचारहरुलाई शुद्धिकरण गरिसकेपछि शारीरीक व्यायामहरु गर्ने । योगका बारेमा अहिले त लाखौं रिसर्चहरु भइसकेका छन् । त्यसमा के भनिएको छ योगले मान्छेको ५ वटा तहमा काम गर्न सक्छ ।

शारीरीक तह
यदि कसैको बिपी बढेको या घटेको छ भने त्यसलाई नियन्त्रण गर्ने, सुगर नियन्त्रण गर्ने, मांसपेशीलाई सुदृढ बनाउने, हड्डिहरुलाई बलियो बनाउने, आन्तरिक अङ्गहरुलाई व्यायाम दिन सक्ने लगायत धेरै रोगहरु निको पार्न यसले सहयोग गर्छ ।

मानसिक तह
मानसिक रपमा पनि यसले धेरै लाभ दिन्छ । जस्तै मनलाई एकाग्रता गर्न, तनाव कम गर्न, शान्त हुनका लागि पनि योग अभ्यास गर्न सकिन्छ ।

सामाजिक तह
मनिस एउटा सामाजिक प्राणी भएकाले शारीरिक र मानसिक सँगै सामाजिक रुपमा पनि स्वस्थ हुन आवश्यक छ । जुन योगले गराउँछ । त्यस्तै आध्यात्मिक तह र भावनात्मक तहमा पनि योगले सहयोग पुर्याउँछ । यी भनेका स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । त्यति मात्रै नभएर कस्तो व्यक्तिले कस्तो खाना खाने भन्ने विज्ञान पनि यससँग जोडिएकाले यसले पुणर् रुपमा स्वस्थ रहन सहयोग पुर्याउँछ ।

योगका आसनहरु
योगका धेरै आसनहरु छन् । जुन बसेर, सुतेर विभिन्न तरिकाले गर्न सकिन्छ । उसो त योगमा २४ कोटी आसन हुन्छन् भनिन्छ । तर ती आसनलाई विभिन्न समूहमा राखेर गर्दा बसेर, सुतेर, घोप्टो सुतेर, टाउको तल खुट्टा माथी राखेर गर्ने आसन छन् । त्यसका साथसाथै एउटा आसन छ जसलाई ध्यान गर्ने आसन भनिन्छ ।

यी हरेक समूहबाट एक जनाले हरेक दिन ५ वटा सम्म गर्न आसन गर्न सक्छन् । जसले शारिरीक तथा मानसिक रुपमा फाइदा पुर्याउँछ ।

Vodeo

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच