थापाको थालनी

लायन्स क्लव अफ दमक बिग बुद्धः अध्यक्षमा थापा आएपछि सप्ताहव्यापी सेवाका कार्यक्रम सुरु

दमक/ लायन्स क्लव अफ दमक बिग बुद्धको अध्यक्षको औपचारीक जिम्मेवारी सोमबारदेखी आनन्द थापाले प्राप्त गर्नु भयो ।
अध्यक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन देखीनै थापाले साताव्यापी कार्यक्रमको थालनी गर्नु भएको छ ।
समाजसग जोडीएर आवश्यकताको महसुस गर्दै बिभिन्न कार्यक्रम गरिने उहाँले बताउनु भयो ।

जसको पहिलो दिन पहिलो कार्यक्रम गर्नु भयो त्यो थियो दमकको हात्ती प्रभावीत क्षेत्रमा संकेत बोर्ड राख्ने ।
दमक २ स्थित हंसे दुम्से सामुदायीक वन क्षेत्रबाट निरन्तर हात्ती गाउँ पस्ने र स्थानीयबासीलाई सास्ती दिने गर्दछ । यतीमात्रै नभएर बेलडाँगी रोडको बाटो भएर हिड्ने सर्वसाधरणलाई समेत बाटैमा निस्केका हात्तीले बेलाबेला अप्ठारो पार्दै आएको छ ।
यही कुराको मद्यनजर गरेर थापाको नेतृत्वमा यहाँ संकेत बोर्ड राख्ने काम भएको छ । थापाले हात्ती अंकीत चित्र देखिने गरी ‘हात्तीदेखी सावधान’ लेखिएको बोर्डको स्थापना गर्नु गर्नु भयो ।

पहेलो रङ्गको बोर्डमा एउटा कालो हात्ती र अरु तीन वटा साना हात्ती अघी बढिरहेको जस्तो देखिन्छ । सो चीत्रको मुनी पट्टि रातो र सेतो अक्षरले लेखिएको छ ‘हात्ती देखी सावधान’

हात्ती आउने बाटो रहेकोले यस्तो संकेत चिन्ह राख्दा टाढै बाट अपरीचित मानीसपनि सजग हुन्छन् भन्ने अपेक्षा सहित क्लवले यो सुचना बोर्ड स्थापना गरेको थापाले जानकारी दिनुभयो ।

यसै गरी दोस्रो दिन मंगलबार दमकमा रहेको इलाका प्रशाषन कार्यालयलाई फोहोर संलन गर्ने डस्विन बितरण गरिएको छ ।
वर्ष २०२४/२५ का लागी अध्यक्ष बन्नु भएका थापाको यो दोस्रो काम हो । र मंगलबार उहाँ अध्यक्ष भएको पनि दोस्रो दिननै हो ।
चार वटा डस्बिन वितरण गरेर प्रशाषन कार्यालयमा उत्पादन हुने फोहोर संकलनमा सहयोग गरिएको थापाले बताउनु भयो ।

पछिल्लो समय प्रशाषन कार्यालयमा सेवाग्राहिको भीड बढिरहेको र त्यसले कार्यालय परिसरमा फोहोर बढि हुन थालेको देखेर त्यसको व्यवस्थापनमा सहज होस भन्दै डस्बिन वितरण गरीएको उहाँको भनाई छ ।

यस्तै बुधबार तेस्रो दिन विपन्न परिवारलाई खाद्यन्न राहतको कार्यक्रम राखीएको पनि उहाँले जानकारी दिनुभयो ।
समाजलाई आवश्यक पर्ने काम र कार्यक्रम आफ्नो प्राथमिकतामा पर्ने भन्दै उहाँले यस खाले कार्यक्रम एक वर्ष सम्म निरन्तर गर्ने उद्धघोष समेत गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण