दमक/ मिती, २०८१ असार २३ गते आईतबार ।
समय, बिहानको करिव साढे ९ बजेर ३७ मिनेट ।
स्थान, दमक ५ स्थित धनेश्वर चोक ।
घटना, विद्यार्थी बोक्ने गाडीमा खचखच बालबालीका ।
योे घटना गराउने विद्यायको नाम हो दमक ५ मा रहेको ग्रीन वे एजुकेशन एकाडेमी । एउटा सिटमा एकजना बस्नु पर्ने हो । तर यहाँ दुईवटा सिटमा चारजना सम्म खाँदीएर विद्यार्थीहरु विद्यालय जाने गरेका छन् । त्यतीमा पनि नअटेर विद्यार्थीहरु उभीन्छन् र अत्यन्तै धेरै असुरक्षीत तरीकाले बसमा कोचीएर बस्न बाध्य छन् ।
यो कठिन यात्रा निशुल्कको भने चाहि हैन । अनी उभीएर र कोचिएर बस चढ्नेलाई छुटको व्यवस्था गरीएकोले छुट अनुसारको सुविधा पनि हैन ।
हरेक विद्यार्थीबाट यातायात शुल्क भनेर रकमपनि विद्यालयले लिन्छ । यसरी शुल्क लिइसकेपछि सबै विद्यार्थीहरुलाई सुरक्षीतसाथ सिटमा बसाएर घर-विद्यालय, विद्यालय-घर गराउनु पर्ने हो । तर गराउन त गराउँछ निकै कष्टकर र असुरक्षीत ढंगले ।
यसबारेमा विद्यालयमा प्रन्सिपल अमृत सुन्दासलाई उज्यालो खवरले टेलिफोन गरेर सोध्यो । तर उहाँले हामीले यस्तो कुरा भन्न नमिल्ने प्रतिकृया दिनु भयो ।
उहाँले प्रतिकृया दिन नमाने पनि यसले विद्यार्थीमा पार्न सक्ने असर चाहि केके हुन सक्लान ? भन्ने कुराको हेक्का राखेर सुधार गरे मात्रै भइगयो ।
विद्यालय बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी राख्दा विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
१)तनाव र डरः
विद्यार्थीहरूलाई ठेलमठेल र असुरक्षित महसुस हुन सक्छ, जसले गर्दा उनीहरू तनावग्रस्त र डरलाग्दो अवस्थामा रहन सक्छन्।
२)ध्यानमा कमीः
भीडभाडको कारण विद्यार्थीहरूको ध्यान भंग हुन सक्छ, जसले उनीहरूको पढाइ र अन्य गतिविधिमा असर पार्न सक्छ।
३)शारीरिक असहजताः
सिट क्षमता भन्दा बढी विद्यार्थी बसमा हुँदा विद्यार्थीहरूलाई बस्नमा असहजता हुन सक्छ, जसले गर्दा शारीरिक दुखाइ र अन्य समस्याहरू उत्पन्न हुन सक्छ।
४)सामाजिक र व्यवहारगत असरः
यस्तो वातावरणले विद्यार्थीहरूको सामाजिक व्यवहार र आपसी सम्बन्धमा नकारात्मक असर पर्न सक्छ।
५)सुरक्षाको कमीः
सिट क्षमता भन्दा बढी विद्यार्थी राख्दा दुर्घटना हुन सक्ने सम्भावना बढ्छ, जसले गर्दा विद्यार्थीहरूको सुरक्षामा ठूलो खतरा उत्पन्न हुन सक्छ।
यी सबै असरहरूले विद्यार्थीहरूको समग्र विकासमा बाधा पुर्याउन सक्छन्।
यस्तो काम गर्नेलाई कानुनी कार्वाहि पनि हुन सक्छ ?
हो हुन सक्छ । ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख नारायण भट्टराईले यसरी क्षमता भन्दा बढि विद्यार्थी बोक्नेलाई ट्राफिक नियम २०५४ अनुसार कार्वाहि गरिने बताउनु भयो ।
यस्तै शैक्षिक ऐन, २०२८ ले विद्यालय बस सेवामा सुरक्षा र विद्यार्थीको सुविधाको सुनिश्चितता गर्न विद्यालय प्रशासनलाई जिम्मेवार बनाएको छ। यसमा- विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी क्षमता भन्दा बढी विद्यार्थी राख्नु नमिल्ने प्रावधान रहेको छ ।
ऐन अनुसार, नियम उल्लङ्घन गरेको पाइएमा विद्यालय प्रशासनलाई जरिवाना, चेतावनी, वा यातायात अनुमतिपत्र रद्द गर्ने जस्ता कारवाही हुन व्यवस्था रहेको छ ।









