महिला स्वास्थ्य सुरक्षामा नगरपालिकाको साथ

दमकमा उप-प्रमुख सुरक्षीत महिनावारी कार्यक्रम

दमक/ आकाशे रङको निलो सारी । अझ चम्कीलो निलो रङ्गले सारीको फेरमा बुट्टा । अनी गोलाकार आकारकोे चार चक्रे चिन्ह । छातीमा रातो चालो ।

यो पहिचान बोकेका महिला तपाई हाम्रो गाउँघरमा देख्दा वा भेट्दा यी स्वास्थ्य सम्बन्धीका जान्ने मानीसहरु हुन । अझ गाउँघर तीर डाक्रटरकै सज्ञा पनि पाउँछन् । सामुदायीक रुपमा सम्मान पाएका छन् । तर राज्यबाट भने सँधै उपेक्षामा परेका छन् । स्वास्थ्य सम्बन्धीका जे जे कार्यक्रम जनसमुदाय सम्म पुर्याउनु पर्ने हो त्यो सबै कार्यक्रमलाई प्रभावकारी रुपमा फैलाउने काम यीनै सामुदायकी स्वास्थ्य स्वयंमसेसवकाहरुले गर्ने गर्दछन ।

अहिले पनि दमक नगरपालिकाले अर्को कार्यक्रम ल्याएको छ । त्यो हो उप प्रमुख सुरक्षीत महिनावारी कार्यक्रम । यो कार्यक्रम अन्तर्गत हरेक महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड प्रदान गर्ने र महिनावारीको स्थिती कस्तो छ भन्नेबारेको रिपोर्ट समेत तयार पार्ने कार्यक्रम हो । यो कार्यक्रमको उद्धघाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईले महिला सामुदायीक स्वास्थ्य स्वेमसेविकाहरुलाई सेनेटरी प्याड दिएर उद्धघाटन गर्नु भएको छ ।

यस अघी महिनावारीको स्थिती कस्तो छ ? नियमीत महिनावरी हुदाका फाईदा नहुदा हुने बेफाईदा र यसले समग्र महिला स्वास्थ्यमा पार्न सक्ने असर र प्रभावका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले स्लाईड मार्फत जानकारी गराउनु भएको थियो ।

 

नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख थापाले भन्नु भयो ‘जसकालागी यो कार्यक्रमको थालनी गरिएको छ त्यसकालागी यो पुर्याने गरीको काम गर्न आवश्यक छ ।’
दमक नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने नाराका साथ यो कार्यक्रम ल्याएको र यसले महिलाको स्वास्थ्य सुरक्षामा केहि न केहि भएपनि योगदान गर्ने विस्वास नगरपालिकाको रहेको उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

दमकमा रहेका १० वटै वडाका स्वास्थ्य केन्द्र इन्चार्ज, सामाजीक स्वास्थ्य स्वेमसेविका तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा