फिजियो थेरापी किन गर्ने ? गर्नेहरुमा देखिएको परिवर्तन कस्तो ?

दमक/ इलाम चुलाचुलीका दीलिप कुमार राईको उच्च रक्तचापका कारण शरिरको एक भाग चल्नै छोडेको थियो । धेरै ठाउँमा यस सम्बन्धीको उपचार गराउनु भयो । औषधी गर्नु भयो । यद्यपी निको भएको थीएन । तर जतिबेला यो रोग निको पार्न वा शरिरको नचल्ने भएको अङ्गहरु फिजियो थेरापीबाट निको हुन्छ भन्ने थाह पाउनु भयो त्यसपछि उहाँले नियमीत फिजियो गराउन थाल्नु भयो । थेरापी सेन्टरमै धाएर फिजियो थेरापी गराइरहनु भएको छ । विभिन्न उपकरण , औषधीको प्रयोग गरेर गराइने फिजियो र बिज्ञको परामर्षले गरिने शारिरिक व्यायामले उहाँ अहिले जाती बनिरहनु भएको छ ।

यस्तै दमक २ कि मेनुका खड्काको दाहिने हात एकाएक जाम भयो । न उधो जाने । न उभो जाने । न केहि उचाल्ने । सियो समेत उचाल्न नसक्ने गरी जाम भएको हात एक महिना फिजियो थेरापी गरेपछि भने जाती भएको छ । अहिले हातका सबै माङसापेशीहरु चलीरहेको उहाँले प्रतिकृया दिनुभयो । यस्तै दमक ९ कि हरीमाया विस्वकर्माको पनि स्थिती यस्तै थियो । उहाँको पनि हातको एउटा पाटो चल्दैन थियो । तर अहिले जाती भएको छ ।
दमक ३ कि पूणर्कला बरालको मेरुदण्डको नसा च्यापीएको छ । जसले गर्दा उहाँ हिड्न, बस्न र उठीरहन सक्नु हुन्न थियो । निकै पीडादायी जीवन जीउनु भएकी बरालले २५ दिनको फिजियो थेरापीपछि भने नयाँ जीवन पाएजस्तै महसुस गरेको प्रतिकृया दिनु भयो ।

यी बिरामीहरुलाई यसरी नयाँ जीवन दिने ठाउँ हो दमक ६ थाना रोडमा हेको सिटिसि फिजियो थेरापी सेन्टर । ८ वर्ष अघी स्थापना भएको यो फिजियो थेरापी सेन्टरमा स्पोर्ट, अर्थोपेडीक तथा नसा सम्बन्धीका फरक फरक फिजियो थेरापीस्टहरु रहेका छन् । यहाँ आवश्यक पर्ने बिभिन्न इलेक्ट्रोनिक उपकरण देखी लिएर व्यायाम गर्ने साधान समेतको पर्याप्तता भएका कारण बिरामीले छिटो निदान पाउने गरेको यसका सञ्चालक तथा फिजियो थेरापीस्ट बिनोद भट्टराईले जानकारी दिनुभयो ।

नसा च्यापीएको, हड्डी तथा जोर्नी खिएको , उच्च रक्तचापका कारण शरिरका बिभिन्न पाटो नचलेको, मासो च्यातीएको लगायत बिरामीलाई यहाँ फिजियो थेरापीको बिधिद्धारा शारिरिक कसरत समेत गराउँदै निको पार्ने काम गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा