दमकको आफ्नै पाठ्य पुस्तक

दमकको स्थानीय पाठ्य पुस्तक ‘हाम्रो दमक’ तयारी, शिक्षक भन्छन् : ‘विषय सान्दर्भिक छन् तर कार्यान्यावनमा केहि चुनौती होला की ?

दमक/
दमकमा ‘हाम्रो दमक दमक’ नामक पाठ्य पुस्तक प्रकाशन गरिएको छ । विद्यालयको आधारभूत तहसम्म पढाई हुने गरिको पाठ्य पुस्तक तयार भएको छ । दमक ३ स्थित ढुकुरपानी माद्यमिक विद्यालयका प्रधानाध्यापक दमक दमक श्रोत केन्द्रका पूर्व श्रोत व्यक्ति कृष्ण भण्डारीको संयोजकत्वमा पाठ्य पुस्तक तयार पारिएको छ । यो पाठ्य पुस्तकले दमकको समग्र चिनारीका बारेमा जानकारी गराउने गरिको पाठ्यक्रम तयार पारिएको छ । तर ती पाठ्यक्रम विद्यार्थीलाई बुझाउन र विद्यार्थीले बुझ्न अप्ठ्यारो हुने बताएका छन् ।

दमक नगरपालिकाको स्थानिय पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा सरोकारबालहरुसंग अन्तरक्रिया गरीएको छ । कार्यक्रममा सहभागिहरुले पाठ्यक्रम लागु गर्नु सकारात्मक भएको भन्दै चुनौतीपुणर् हुने समेत बताएका छन् । पाठ्य पुस्तकमा समेटिएका कुरा सबै सकरात्मक भएपनि यसको सहज कार्यान्वायनमा केहि चुनौती हुन सक्ने कार्यक्रममा नेपाली कांग्रेस दमक नगर नगर कमिटीका सचिव रामचन्द्र अधिकारीले स्थानीय आदर्श व्यक्ति व्यक्तित्वको मापन आधार के ? भन्दैे प्रश्न गर्नु भएको थियो । यस्तै उहाँले कक्षा १ देखी ५ सम्मलाई प्रतिवेदन लेखन गराउने भन्ने शिर्षक पनि उपयूक्त नभएको उल्लेख गराउनु भएको थियो । यसै गरि यो पाठ्य पुस्तक पढाउन आवश्यक पर्ने शिक्षक नियूक्त र श्रोत व्यवस्थापनको कसरी गर्नै भनेर प्रश्न गर्दै अधिकारीले कतै यसको नाममा विद्यालयले अतिरिक्त शुल्क त लिने होईन भन्दै चिन्ता व्यक्त गर्नु भएको थियो ।

कक्षा १ देखी ५ सम्मका विद्यार्थीले यहाँ उल्लेख गरिएका विषय र सन्दर्भहरु बुझ्न नसक्ने हुन की भन्दै उहाँले चुनौती देखिएको बताउनु भएको हो ।

पाठ्यक्रमले दमक नगरपालिकाभित्र अध्ययन गर्ने बालबालिकाहरुलाई नगरको भौगोलिक सामाजिक तथा सांस्कृतीक परम्पराहरु, वातावरणीय अवस्था र बिषेसता, स्रोत सम्पदासंग परिचित हुने अवसर प्रदान गर्ने दमक नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

दमकलाई अपनत्व गराउन पाठ्यक्रमको नाम हाम्रो दमक राखिएको नगरपलिकाले जनाएको छ । पाठ्यक्रम दमकभरीका विद्यालयहरुमा आगामि शैक्षिक सत्र देखी लागुहुने उहाँले बताउनु भयो । शैक्षिक बिकेन्द्रीकरण्को अवधरण अनुसर दमक नगरपालिकाले स्थानिय पठ्यक्रम निर्माण गरि सबै विद्यालयमा पठाउने अन्तिम तयारी गरेको पाठ्य पुस्तक निर्माण समितीका संयोजक भण्डारीको भनाई छ । दमकको भाषा, सस्कृती, दमकको भौगोलिक बनावट, यहाँको समग्र अवस्थाको जानकारी गराउने गरिका पाठ्य पुस्तकमा समावेश गराइएको भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पाठ्यक्रमलाई समय सापेक्ष सुधार गर्दै लैजाने बताउनुभयो । पाठ्यक्रमको प्रभावकारीताका विषयमा बिाद्यर्थीहरुबाट समेत सुझाव र मुल्यांकन गरिने वहाको भनाइ थियो । छलफलका क्रममा सरोकारबालाहरुबाट आएका सुझावमाथि सम्बन्धीत पक्षसंग बसेर छलफल गरि निष्कर्षमा पुगिने वहाले उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,