बिजनेश टावर सञ्चालनमा आआफ्नो डम्फू

सरकारले कार्यविधि बनाउँदैगर्दा केही स्थानीयले बनाए दमक बिजनेश टावरको व्यवस्थापन समिति

दमक, २२ साउन / राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भएको दमक ३ स्थित दमक बिजनेश टावरको सञ्चालन कहिलेबाट होला भन्ने सवैमा जिज्ञासा छ । केहीले यसको उपयोगिताका बारेमा प्रश्न समेत उठाउने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भएका कारण सरकारी तबरबाटै यसको सञ्चालनको कार्यविधि बनाउने तयारी गरिरहेको बेला यता केही स्थानीयले भनें व्यवस्थापन समिति निर्माण गरेका छन् ।

 

२०८१ साल साउन १९ गते शनिबारका दिन यस बिजनेश टावर आसपासका केही व्यक्तिहरु भेला भएर यसको व्यवस्थापन समिति गठन गर्नेदेखि लिएर अन्य विभिन्न निणर्य गरे । २३ जना उपस्थित भइ १७ जनाको हस्ताक्षर रहेको माइन्यूटमार्फत बिजनेश टावर सञ्चालन गर्न भन्दै केही स्थानीय व्यक्तिहरुले १९ सदस्यीय ‘दमक बिजनेश कम्प्लेक्स व्यवस्थापन तथा रेखदेख समिति’ निर्माण गरे । समितिको अध्यक्ष, नारायण प्रसाद बराल, उपाध्यक्ष डिल्लीराम चापागाई र काशी कार्की, सचिव महेन्द्र अधिकारी, सह-सचिव सागर दुलाल र दुर्गा घिमिरे अनि कोषाध्यक्षमा कृष्णदेवी खतिवडा तथा अन्य १२ जना सदस्य रहेका छन् ।

 

समिति निर्माण भएपछि यसलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरियो । त्यसपछि यो समितिका बारेमा विरोध गर्ने र समर्थन गर्ने दुवै समूह निस्किएका छन् ।
नेकपा एमाले दमक नगर कमिटीले त यो कस्तो समिति बनेको हो र यसको बैधानिकता के भन्नेबारेमा प्रश्न गर्दै नगर अध्यक्ष सहितको टोली दमक नगरपालिका कार्यालयनै पुग्यो । नगर कमिटी अध्यक्ष राम पौडेलको नेतृत्वको टोलीले नगर प्रमुख रामकुमार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई ध्यानाकर्षणपत्र बुझायो ।
दमकको बिजनेश टावर अव सञ्चालनको अन्तिम तयारीमा रहेको बेला यसको व्यवस्थापन भन्दै निश्चित व्यक्ति र समूहले मात्रै समिति निर्माण गरेको भन्दै आपत्ति जनाउदै नगर प्रमुख थापाले त्यसलाई कुनै मान्यता नदिइने जनाउनु भयो । ‘टावर सञ्चालनका लागि निरन्तर छलफल र सम्बन्धीत मन्त्रालयसग समन्य भइरहेको बताउँदै मन्त्रालयले बनाएको कार्यविधि अनुसारनै यसको सञ्चालनमा आफुहरुले समन्वयकारी भूमिका निर्वाह गर्नेछौं ।’- उहाँले भन्नुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत कार्कीले अहिलेसम्म कुनै पनि समितिको बारेमा जानकारी नआएको र त्यो आएपनि त्यसलाई यसै मान्यता दिइहाल्ने स्थिती नहुने प्रतिकृया दिनु भयो । यसबारेमा सम्बन्धित मन्त्रालयलाई समेत पत्राचार गरिने भन्दै आफ्नो ध्यानाकर्षण भएको कार्कीले बताउनु भयो ।

 

यता यसअघि पार्टीगत रुपमा दमकका विभिन्न योजनाको आवश्यकताका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउन गएको एमाले नगरको टोलीले दमक बिजनेश टावरका बारेमा समेत कुरा राखेको थियो । त्यसबेला प्रधानमन्त्रीले कार्यविधि द्रुतगतिमा बनिरहेकोले त्यसको सम्पन्नतासँगै सञ्चालनमा आइहाल्ने भनेर प्रधानमन्त्रीले जानकारी गराउनु भएको एमाले दमक अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।

 

यता सो समिति कसरी गठन गरियो र समितिले के गर्छ ? साथै यसको वैधानिकता के हो भन्नेबारेमा यसका सचिव महेन्द्र अधिकारीलाई हामीले केही प्रश्न गरेका छौ । हाल भोजपुरमा रहनु भएका उहाँले टेलिफोनमार्फत आफ्नो धारणा राख्दै सरकारको अब बनाउने नीति नियमभन्दा बाहिर नगई स्थानीयको माग अनुसार टावर सञ्चालनका लागि सहयोग पुर्याउन समिति बनाइएको जवाफ दिनुभयो । समितिलाई वैधानिकता दिँदै जाने पनि उल्लेख गर्नुभयो ।

 

डेढ अर्व भन्दा धेरै लगानीमा बनेको यो टावर १८ तलाको छ । यी सबै तलामा विभिन्न प्रकारका व्यवसायिक कारोबार गर्न सकिने छ । टावरको बाहिरी भागमा पार्क निर्माण गरिएको छ भने बाल उद्यान पनि रहेको छ । यसको निर्माण कार्य सम्पन्न भइसकेको छ । तर निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्न भनें बाँकी रहेको छ ।
कोशी प्रदेशकै लागि महत्वपूणर् योजनाका रुपमा हेरिएको बिजनेस टावरको सञ्चालन विवादरहित रुपमा अघि बढाउनु आवश्यक छ । यसले स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धनमा सघाउने धेरैजसो स्थानीयको अपेक्षा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,