समानुपातिकमा दल बाहिरका विज्ञ समेत राखिनुपर्ने

प्रदेश खारेजी र पालिका घटाउनु पर्ने संविधानसभा सदस्य दीपक कार्कीको धारणा

दमक, २२ साउन / सरकारले संविधान संशोधनको कुरा उठाइरहेको अवस्थामा संविधानसभा सदस्य दीपक कार्कीले नेपाल जस्तो सानो मुलुकका लागि प्रदेश खारेज गर्दै पालिकाहरुको संख्या घटाउनु पर्ने सुझाव राख्नु भएको छ ।

 

उज्लालो खबरको स्टुडियोमा भएको ‘उज्यालो संवाद’ कार्यक्रममा बोल्दै संविधानसभा निर्वाचनमा तात्कालिन झापा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित उहाँले सो धारणा राख्नु भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य रहनु भएका उहाँले आफुसमेत सहभागि भएर संविधान निर्माणको काम सम्पन्न गरिरहँदा त्यतिबेला पनि प्रदेश आवश्यक छैन भनेर कुरा उठेको स्मरण गर्नुभयो । आफुले पनि यसमा कुरा उठाएको तर बहुमतका धारणाका आधारमा प्रदेश राख्ने र त्यसको संख्या ७ सम्म पुगेको बताउनु भयो । ‘अब संविधान संशोधन गर्दा प्रदेश खारेजै गर्दा राम्रो हुन्छ । यो सानो मुलुकमा दुई तहको सरकारले काम चल्छ । पालिका आधा घटाउनु पर्छ । बरु वडा चाँही बढाएमा जनतालाई सेवा लिन अझ सहज बन्छ ।’

 

राजनीतिक स्थिरता र सुशासन कायम गर्न संविधान संसोधन गरेर साँचो तहमा लोकतन्त्रको अधिकार तल्लोतहसम्म सरल रुपले प्रवाह गर्नु आवश्यक रहेको उहाँको धारणा छ । यो खाले समानुपातिक नराखेर दल बाहिरका राख्नै पर्नेलाई सिट आरक्षण राख्नुपर्ने पनि उहाँले विचार राख्नुभयो । ‘समानुपातिकलाई राष्ट्रियसभामा समेट्नु बढी व्यवहारिक हुन्छ । आरक्षण राजनीतिक रुपमा हुनुहुन्न । पछि परेका विभिन्न क्षेत्रकालाई अनि विज्ञहरुलाई समेटेर राखिनु पर्छ ।’

 

संसदमा प्रतिनिधित्वका लागि दलहरुले ल्याउनुपर्ने न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’ ३ प्रतिशतलाई बढाएर १० प्रतिशत बनाउनु पर्ने तर्क समेत उहाँले राख्नु भयो । निर्वाचन क्षेत्रको पनि वैज्ञानिक विभाजन नभएको उहाँको गुनासो छ । प्रतिनिधिसभामा बरु सिट घटाएर राष्ट्रियसभामा केही बढाउनु आवश्यक देखिदै आएको उहाँको धारणा छ ।

 

राजनीतिक स्थिरता तथा जनताको जीवनस्तरमा केही सुधार हुँदै स्थिती परिपक्व भइसकेपछि प्रत्यक्ष राष्ट्रपति वा प्रत्यक्ष प्रधानमन्त्रीको कुरा ल्याउन सकिने पनि उहाँको विचार छ । जात र धर्मका आधारमा नभएर आर्थिक, सामाजिक हिसावले पछि परेकाहरुको पहिचान स्थापित गर्ने हिसावले संविधानले निर्दिष्ट गर्नुपर्ने पनि धारणा राख्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,