दमक बहुमुखी क्याम्पस ः एक शैक्षिक आधारस्तम्भ

दमक, ६ भदौ / दमक बहुमुखी क्याम्पसको बीएससी चौथो वर्षमा अध्ययनरत गोपाल पौडेलले केही सयमअघि दमक सहित आसपासको क्षेत्रमा पिउन प्रयोग गरिएको पानीको स्थिती कस्तो छ भन्नेबारेमा अनुसन्धान गर्नु भयो । क्याम्पसको प्रयोगशालामै भएको श्रोत साधनको प्रयोग गरेर उहाँले गरेको अनुसन्धानको रिपोर्ट खाद्य प्रयोगशालाको भन्दा पनि बढी विश्लेषणात्मक र विश्वसनीय देखिएपछि सो रिपोर्ट क्याम्पसमा सार्वजनिक गराउनु भयो ।

 

उहाँका लागि मात्र होइन विज्ञान पढ्ने विद्यार्थीका साथै समग्र क्याम्पसकै नयाँ उपलब्धि बन्यो त्यो रिपोर्ट । जसले सिकाईको आयतन बढाउँदै क्याम्पसको गुणस्तरीय शिक्षाको उचाई बढाउन थप प्रोत्साहित गर्यो । पौडेललाई नयाँ सम्भावनाको ढोका खोलिदिने विज्ञान संकाय क्याम्पसको हृदयस्थलका रुपमा स्थापित छ ।

 

यहाँका अत्याधुनिक ल्याबहरूमा पौडेलजस्ता विद्यार्थीहरूले वैज्ञानिक अनुसन्धानको गहिराइमा प्रवेश गर्न सक्दछन् । स्नातकोत्तर र पीएचडीका लागि बायोटेक्नोलोजीदेखि रसायनशास्त्रसम्म, भौतिकशास्त्रदेखि जीवविज्ञानसम्मका विभिन्न विधाहरूमा यहाँ शोधकार्य गरिन्छ । शोधकार्यहरूले नेपालको विज्ञान र प्रविधिको विकासमा महत्वपूणर् योगदान पुर्‍याइरहेका छन् । जसमा एक हुनुहुन्छ राजेन्द्र ढकाल । उहाँ त्यहाँ प्राध्यापन सहित शोधकार्यमा संलग्न रहनुभएको छ । कस्मेटिक, साबुनमा केमिकलले पार्ने प्रभावका बारेमा क्याम्पकै ल्याबमा शोधगर्न पाएकोमा उहाँ खुसी हुनुहुन्छ । ‘यहीँ पढाउँदै यहीँ यस्तो खोज गर्न पाउनु राम्रो अवसर हो ।’- उहाँले भन्नुभयो ।

 

 

हालको दमक ९ मा ०३८ सालमा स्थापना भई चार दशकभन्दा लामो आफ्नो गौरवशाली इतिहास बोकेको यो क्याम्पस प्राज्ञिक क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हो । यहाँ अहिले विज्ञान मात्रै नभएर व्यवस्थापन संकायका विद्यार्थीहरूलाई नेतृत्व, नवीनता र रणनीतिक सोचको विकास गराउन समेत महत्वपूणर् योगदान गरिरहेको छ । यहाँका प्राध्यापकहरू विद्यार्थीहरूको सम्भावनालाई उजागर गर्न निरन्तर तल्लिन् छन् । विद्यार्थीहरूलाई भविष्यको व्यवसायिक चुनौतिहरूको सामना गर्न तयार पार्दै उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफल बनाउने काममा प्राध्यापकहरुको सोच र खोज निरन्तर भइरहेको छ ।

 

 

आफ्नै स्रोतबाट क्याम्पस रिसर्च सेन्टरका रुपमा विकसित गरिँदै आएको क्याम्पस प्रमुख यज्ञराज गिरी रामले प्रष्ट्याउनु भयो । सामुदायिक क्याम्पसबाट रिसर्चको कार्य गर्नु चानचुने विषय नभएको उहाँको ठहर छ । ‘४ जनाले पीएचडी गरिसक्नुभएको छ र जम्मा १६ जना पीएचडीको प्रक्रियामा हुनुहुन्छ । शिक्षकको गुणस्तर पहिले बढाएर विद्यार्थीको गुणस्तर बढाउन रिसर्च कार्य अघि बढाएका छौं । यसलाई रिसर्च सेन्टरका रुपमा विकास गर्ने लक्ष्यमा अघि बढेका छौं । ’-उहाँले बेलिविस्तार लगाउनु भयो ।

 

 

यो क्याम्पस सन् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्वालिटी एसुरेन्स एजेन्सी (क्यूएए) प्रमाणित यो गैर लाभकारी सामुदायिक क्याम्पस हो । जुन क्यूएए प्राप्त गर्ने नेपालमा दोस्रो क्याम्पसमा पर्दछ । सन् २०१७ मा विश्वविद्यालय अनुदान आयोग, नेपालबाट यस क्याम्पसलाई दोस्रो पटक पुनः मान्यता प्रदान गरिएको थियो । अहिले क्याम्पसमा नेहेव कार्यक्रम पनि सञ्चालन भइरहेको छ । यसले क्याम्पसलाई अझ आधुनिक, सुविधा सम्पन्न बनाउन मद्यत गरिरहेको कार्यक्रम संयोजक रत्न थापाले उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘पढ्ने र आय आर्जन गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएको छ ।’

 

समयसँगै क्याम्पसले आफुलाई आधुनिकता र प्रविधिको अनुकूल बनाउँदै एक अत्याधुनिक शैक्षिक संस्थाको रूपमा विकसित भएको छ, जहाँ विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिन्छ । यहाँको वातावरण र शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानको उत्कृष्ट समिश्रण दिने काम गरिरहेका छन् । यस क्याम्पसमा हासिल गरिएको ज्ञान, केवल शैक्षिक योग्यताको सीमामा मात्र सिमित छैन, यसले विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा भरिदिएको छ । यहाँको अध्ययन, वातावरण र सांस्कृतिक विविधताले विद्यार्थीहरूलाई सही अर्थमा ‘मानवता’ बुझ्न मद्धत गरेको छ ।
प्राविधिक विषय, पठनपाठनमा प्रविधिको प्रयोग र गुणस्तरीय सिकाईले विद्यार्थीको आकर्षण बढेको छ । क्याम्पसमा व्यवस्थापन संकायमा एमबीएस, बीबीएस, बीएससी, मानवीकितर्फ एमए, बीए, शिक्षातर्फ बीएड र एमएड, प्लस टुमा विज्ञान विषय अध्यापन हुँदै आएको छ । क्याम्पसतर्फ हाल कुल १ हजार १ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् ।

 

अनुसन्धानमा आधारित शैक्षिक संस्थाको नवीन र गहकिलो परिचय बनाएको क्याम्पसले मल्टिमिडियाको माध्यमका शैक्षिक शिकाईका गतिविधिहरूलाई समय र प्रविधि सान्दर्भिक बनाएको छ । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक र भौतिक पूर्वाधारमा सघाउने कार्यक्रम भएपनि शिक्षक कर्मचारीको तलब तथा अन्य खर्चको आर्थिक व्यवस्थापनमा भनें क्याम्पसलाई सहजता छैन । यसखाले अप्ठ्याराका बाबजुद विश्वव्यापी मान्यताप्राप्त सक्षम जनशक्ति उत्पादनमा अधिकतम् प्रयास भइरहेको छ । क्याम्पसले प्राविधिक तर्फका शैक्षिक कार्यक्रमहरू समावेश गर्न शैक्षिक अनुसन्धान प्रकाशन र नवीनताको संस्कृतिलाई प्रोत्साहित गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य समेत राखेको छ ।

 

क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारीले स्वायत्त (अटोनोमस) विश्वविद्यालय बनाउने योजना अघि बढाइएको उल्लेख गर्नुभयो । विद्युतीय समेतको पुस्तकालयको व्यवस्थापन तथा विज्ञानको नेपालकै उत्कृष्ठ ल्याब बनाउँदै लाने कार्यमा योजना बनाएर लागिपरेको उहाँले सुनाउनु भयो ।
क्याम्पस स्थापना गर्न थालिएको पहिलो कदम भनेको स्थानीय समुदायको विश्वास जित्नु र आवश्यक स्रोतसाधन जुटाउनु थियो । प्रारम्भमा केहीले यो प्रयास असम्भव ठाने पनि अभियन्ताहरुले हार मानेनन् । उनीहरूले स्थानीय नेतृत्व, व्यापारी, शिक्षक र समाजका हरेक तह र तप्काका व्यक्तिहरूसँग सहकार्य गरी आर्थिक, भौतिक र नैतिक सहयोग जुटाए । सुवेदार डम्बरबहादुर अधिकारीले १ विगाह तथा अन्यबाट समेत गरेर ३ विगाह ६ धुर जग्गा व्यवस्थापन भएपछि क्याम्पस खोल्ने हुटहुटीमा लागेका अगुवा अभियन्ताहरुलाई सहजता मिल्यो ।

 

क्याम्पस स्थापनाको संघर्षपूणर् यात्रा आज पनि प्रेरणादायक उदाहरणका रूपमा स्मरण गरिने त्यो बेलाका संस्थापक विद्यार्थी तथा सञ्चालक समितिका पूर्व अध्यक्ष इन्द्र बुढाथोकीले सम्झना गर्नुभयो । उद्योगी, व्यवसायी सहित सवै पक्ष मिलेर क्याम्पस स्थापनामा जुटेको स्मरण गर्नुभयो ।
स्थानीय नागरिकको इच्छाशक्ति, संघर्ष र सामूहिक प्रयासको प्रतिफल हो, दमक बहुमुखी क्याम्पस । जुन आज पूर्वी नेपालको एक प्रमुख शैक्षिक संस्था र दमकको शानका रूपमा अग्लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,