अनिताको ‘कृष्ण कालेले’ म्यूजिक भिडियो सार्वजनिक

दमक, भदौ १३/  दमक २ निवासी नवोदित गायिका अनिता बुढाथोकीले कृष्ण भजन सार्वजनिक गर्नु भएको छ ।

 

बुढाथोकीको शब्द, संगीत र स्वरमा सजिएको सो भजनको म्यूजिक भिडियो अनिता बुढाथोकी नामक यूट्युब च्यानलमा अपलोड गरिएको सो भजनमा कृष्णको चर्चा गरिएको छ । भजनमा ‘मेरो मन चोरी लग्यो कृष्ण कालेले’ रहनी रहेको छ । सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने बुढाथोकीको यो पहिलो सिर्जना हो ।

कृष्णको भजन दर्शकहरुले बढि रुचाउने र आफुपनि कृष्णकै भक्त भएकोले पहिलो भजन कृष्णकै लीलाको बारेमा गाएको बुढाथोकीले उज्यालो खवरसँग बताउनु भयो ।

 

भजनको म्यूजिक भिडियो दमक ७ स्थित राधाकृष्ण मन्दिर, कमल पाडाजुँगीस्थित रतुवामाई बृक्षारोपण आयोजना क्षेत्र लगायतमा ठाउँमा छायांकन गरिएको छ ।
म्यूजिक भिडियोमा अनिता स्ययम् मुख्य पात्रका रुपमा प्रस्तुत हुनु भएको छ । मौसम बुढाथोकी र सुनैना भट्टराईलाई कृष्ण र राधाको रुपमा प्रस्तुत गरिएको छ ।
सुसन तोलाङ्गीले कैद गरेको भिडियोलाई मनु सिलवालले सम्पादन गर्नु भएको छ । भिडियो निर्देशन राम बुढाथोकीको रहेको छ ।

 

 

५ मिनेट लामो रहेको भजन नृत्य गर्न प्रोत्साहन गर्नेखालको छ । काव्या रेकर्डस दमकमा रेकर्ड गरिएको भजनलाई दर्शक सामु ल्याउनु निकै चुनौती पार गर्नुपरेको बुढाथोकीले बताउनु भयो ।

 

मुक्तिनाथ विकास बैंकको उर्लाबारीमा कार्यरत उहाँले कार्यालयको कामपछि बचेको समयको सदुपयोग गर्दै गीत सार्वजनिक गनुभएको हो । अब अर्को वर्ष शिवजीको भजन निकाल्ने योजनामा रहेको पनि उहाँले सुनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण