चिया बगानभित्र आयुर्वेद स्वास्थ्य शिविर

दमक, भदौ १३/
दमक नगरपालिका वडा नं ४ र ९ को भुगोलमा फैलिएको हिमालय महालक्ष्मी चिया बगान छ । यहाँ ५ सय भन्दा बढि कामदार रहेका छन् । यहाँ काम गर्ने कामदार र कामदारका परिवारको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारेमा थाह पाउन यहाँ एउटा स्वास्थ्य शिविर गरिएको छ । त्यो पनि आयुर्वेद ।

 

 

एलोपेथिक स्वास्थ्य शिविर भन्दा राम्रो, सस्तो र भरपर्दो समेत हुने भएकोले यो आयुर्वेदिक स्वास्थ्य शिविरनै आयोजना गरिएको शिविर आयोजना गर्ने लायन्स क्लव अफ झापा दमकका सस्थापक अध्यक्ष अशोक चौधरीले बताउनु भयो ।

 

 

चिया बगानमा काम गर्ने मजदुरहरुमा खासगरी बाथ, पायल्स र छालाको समस्या देखिन थाल्यो । यस्ता खाले रोगका कारण मजदुरहरुले हैरानी खेपेको थाह पाएपछि बगानको प्रशासनले यहीनै विषेशज्ञ सहित ल्याएर स्वास्थ्य शिविर गर्ने निर्णय गर्यो । त्यसपछि यी रोगहरुको जटिलता पनि बुझ्न र औषधी पनि निशुल्क उपलब्ध हुनेगरिको शिविर व्यवस्थापन गरिएको हिमालय महालक्ष्मी चिया बगानका कार्यकारी प्रमुख श्यामल सुब्बाले जानकारी दिनु भएको छ।

 

 

यो शिविरमा आउनेहरु सबैजना मजदुर थिए । वा त मजदुरका परिवार । अनि यहीँ कार्यरत अन्य कर्मचारी जसमा पायल्स, बाथ एवं छालाको समस्या छ भने उनीहरुले पनि विषेशज्ञ सहितको चिकित्सकीय टोली बगानभित्रै आएको बेला परीक्षण गराएका थिए । यसरी काम गर्ने ठाउँमै आएर शिविर चलाई औषधी समेत उपलब्ध गराएको भन्दै यहाँ परीक्षण गर्नेहरुले खुसी व्यक्त गरेका थिए ।

 

 

झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालको जम्बो टोली चिया बगानभित्रै आएर यो शिविर सम्पन्न गरेको थियो । तीन जना विषेशज्ञ सहितको टोलीले यहाँ आएर सेवा दिएका थियो भने औषधी पनि निशुल्क वितरण भएको थियो ।

 

 

आयुर्वेद अस्पतालका लागि यो ठाउँ नौलो थियो । एकै ठाउँमा एउटै वर्गका बिरामीको स्वास्थ्य परीक्षण गर्ने मौका पनि थियो । यो शिविरले मजदुरको स्वास्यथ्यको अवस्थाका बारेमा मनग्गे अध्ययन गर्न सकिने आधार तय भएको अस्पतालका निर्देशक डा. सिदार्थ ठाकुरले बताउनु भयो ।

 

 

यो अस्पतालले आगामी शनिबार कमल गाउँपालिका वडा नं ६ मा मोवाईल स्वास्थ्य शिविर समेत गर्ने जनाएको छ । नागरिकसंग जोडिएर नयाँ नयाँ काम गर्दै आयुर्वेद उपचारप्रतिको विश्वास बढाउने काममा आफुहरु लागिपरिरहेको डा. ठाकुरको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म