पथरी शनिश्चरेले विद्यालयमा ‘शिक्षासँग सीप कार्यक्रम’ जोड्दै

पथरी, १४ भदौ /  मोरङको पथरी शनिश्चरे नगरक्षेत्रका विद्यालयमा शिक्षालाई सीपसँग जोड्ने कार्यक्रम अघि बढाइएको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शुक्रबार वडा नम्बर ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सीप कार्यक्रम’को उद्घाटन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूलाई आधारभूत मात्रामा भएपनि ज्ञान प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘नगर र वडाले शिक्षासँग सीप कार्यक्रम लिएर आएको छ । यसलाई सार्थक तुल्याउन शिक्षक साथीहरू र अभिभावकहरूले चासोका साथ लाग्न अनुरोध गर्दछु ।’

 

८ नम्बर वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले सीप सहितको शिक्षा आजको आवश्यकता भएको बताउँदे नगरको कार्यक्रमको स्वागत गर्नुभयो । ‘वडा नम्बर ८ को इच्छा हरेक शुक्रबार जीवनोपयोगी शिक्षा’ भन्ने नारासँगै उद्घाटन गरिएको यस कार्यक्रमको समन्वय बुद्ध मावि, दुर्गा आधाभूत विद्यालय र मिलन आधारभूत रहेका छन् ।

 

तेक्वान्दोतर्फ विक्रम माझी, हाउस वाइरिङतर्फ टेकेन्द्र सुवेदी र भूपेन्द्र राई, प्लम्बिङतर्फ देवप्रकाश राई, पशु सेवा तालिमतर्फ पुष्प पौडेल र अर्जुन काफ्ले, सिलाई/ कटाई फेसन डिजाइनतर्फ कविता चौधरीले सो कार्यक्रममा सीपका बारेमा सहजीकरण गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०