नेम्वाङको स्मृतिमा दार्जीलिङका कवि पुनियानी पुरस्कृत

दमक, १४ भदौसाहित्यकार तथा लोकतान्त्रिक योद्धा दिव्यविक्रम नेम्वाङको पाँचौं स्मृति दिवसका अवसरमा शुक्रबार बिर्तामोडमा भारत दार्जीलिङ्का प्रसिद्ध युवाकवि राजा पुनियानी पुरस्कृत हुनु भएको छ ।   

 

 

  दिव्यविक्रम नेम्वाङ स्मृति  प्रतिष्ठानका अध्यक्ष  नन्दहाङ नेम्वाङको अध्यक्षता र  आख्यानकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा मुलतः नेपालीभाषी कवि तथा अनुवादक  पुनियानीलाई नगद रु ३० हजारसहित टोपी, मफलर र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, विराट किराती, अग्रज स्रष्टा विष्णुकुमार भट्टराई, हरिनारायण भट्टराई साहित्यकार नरेश शाही ( दार्जीलिङ्) डीएल प्रधान (मिरिक) सुरज गुरुङ, गेहेन्द्र प्रधान (दार्जीलिङ्),कविहरु अभागी थेगुवा, चन्द्र गुरुङ, अमित थेवे, प्रदिप मेनेङ्वो, लीला अनमोल, चित्रा पौडेल, सुनिता तामाङ,  सेलिङ केसी, राजकुमार सुव्वा, हिम्मत नेम्वाङ, वन्दना नेम्वाङ, तिलकुमार नेम्वाङ, समिरबाबु कट्टेल, मेची पुत्र लगायतको उपस्थिति  रहेको थियो।

 

 

कवि सुन्दर कुरुपको स्वागत मन्तव्य पछि कवि प्रकाश थाम्सुहाङले दिव्यविक्रम नेम्वाङको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो। प्राध्यापक अस्मिता विष्टले कवि राजा पुनयानिको व्यक्तित्व परिचय पश्चात भब्यताका साथ कवि पुनयानीको सम्मान गरिएको थियो ।  कविहरु अभागी थेगुवा, लिला अनमोल, राजकुमार सुव्वा, चित्रा पौडेल, सुनिता तामाङ,चन्द्र गुरुङ, अमित थेवे लगाएतले आफ्ना शक्तिशाली रचना प्रस्तुत गर्नु भएको गजलकार विवश बलिभद्र कोइरालाले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग