कविता “बा”

दुर्गादेवी काफ्ले/

बोकेको भारी बिसाउन मन छ कहॅा होला चौतारी
यसैमा दोहोरी गीत गाउन खोजे आइदेउन दौतरी
शिरको नाम्लो पिठ्युको भारी कोसंग साटौला
फलैचा माथि बसौन साथी पीर दुःख पोखौला

 

भारीछ मेरो ढाकैरै भरी त्यॅा माथि छोरी छन्
खान र लाउन दुःखै छ साथी जीवन दुःखि झन
भरिया दाईको भारी बिसाउने कॅा होला चौतारी
धनी र गरिव यस्तै हो साथी उमेरका दौतरी

 

बारिको साग कान्लाको सिस्नु आमाले पकाको
खाउछोरी खाउ मिठो छ भन्दै बाबा ले फकाको
ऐले झैं लाग्छ त्यो खोले डल्ला गुन्द्रुकमा चोबेको
भारिको साथ ढाकर माथि बाबाले बोकेको

 

लट्टेको साग हॅाडिमा भुटि भुनेको महि पिउॅदा
खुसी नै छैन यो मेरो मन बाबालाई नदेख्दा
बाख्राको टाट्नु दुदिलोको घॅास छदै छ ऐले नि
तीदिन हरू गाह्रौ भो बाबा बिर्सन् कहिले नि

 

के गर्ने बाबा अधिकार छैन गर्ने नि पिण्डदान्
श्राद्ध नी गर्न पाइन् बाबा मन दुःखछ अझैं झन्
त्यसैले बाबा हजुरको नाममा अक्षयकोष खोल्याछु
जा गएपनि बाबाको महत्व सधैं नै बोल्याछु
(बाबा सधैं नै बोल्या छु)२
छन्द नै छैन कवितामा त भाव मात्र पोख्या छु
जता नै हेर्यौ उतै तिर

(आफ्नै बा देख्छु )२

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग