नतिजाको पर्खाइमा चार लाख विद्यार्थी

त्रिभुवन विश्वविद्यालय : परीक्षा भएको दश महिनामा पनि भएन नतिजा प्रकाशन

 

काठमाडौं : गोरखाकी रचना कार्कीले कलंकीस्थित नेपालय कलेजबाट गत चैतमा बिबिएस तेस्रो वर्षको परीक्षा दिइन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा दिएको तीन महिनाभित्रै नतिजा प्रकाशित गर्ने भनेपछि उनलाई लागेको थियो जेठ वा असारसम्म नतिजा प्रकाशित हुन्छ र स्नातकोत्तर तह पढ्छु।
तर‚ परीक्षा दिएको एक वर्ष पुग्न नतिजा प्रकाशित लाग्दा पनि त्रिविले नगरेपछि उनी अहिले चिन्ता बढ्न थालेको छ। समयमै नतिजा प्रकाशित नगर्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनको भनाय छ।
‘यसरी लापरबाही त गर्न भएन नि,’ रचनाले भनिन्‚ ‘परीक्षा दिएको ९ महिना भइसक्यो, नतिजा प्रकाशित हुँदैन। उता कलेजमा शैक्षिक सत्र अगाडि बढिसक्यो, पढ्नै पाइनँ।’
नतिजाको पर्खाइमा चार लाख विद्यार्थी
त्रिविले बिबिएस तेस्रो वर्षको मात्रै होइन, अन्य संकायको विभिन्न तहको नतिजा अझै प्रकाशित गरेको छैन। बिए प्रथम वर्षको परीक्षा गत साउनमा सकिएको थियो। यसको नतिजा प्रकाशित हुन अझै डेढ महिना लाग्ने त्रिविले जनाएको छ।
त्रिविका अनुसार सबै संकायको गरी करिब चार लाख विद्यार्थी नतिजाकै पर्खाइमा छन्। समयमा नतिजा प्रकाशित नहुँदा कतिपयले माथिल्लो कक्षा पढ्न पाएका छैनन् भने केहीले रोजगारी समेत गुमाएका छन्।
लफडै लफडा
त्रिविमा यति मात्रै लापरबाही छैन। महिनौंसम्म तालाबन्दी हुन्छ। बारम्बार आन्दोलन हुन्छ। तर‚ यसको परिणाम भने परीक्षार्थीहरूले भोग्दै आएका छन्।
त्रिविले गत मंसिर १४ मा आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापक पदमा नियुक्ति गर्ने निणर्य गर्यो। उक्त निणर्यविरुद्ध अखिल क्रान्तिकारी, नेविसंघ, नेकपा समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनहरूले आन्दोलनमा उत्रिए।
ती संगठनहरूले मंसिर १६ गते उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरे। त्रिवि र विद्यार्थीबीच १४ गतेको निणर्य तत्काल कार्यन्वयन नगर्ने, स्ववियू चुनाव प्रकृया अघि बढाउनेलगायत सहमति भएपछि एक महिनापछि अर्थात् पुस १९ गते ताला खुल्यो।
यस्तै, त्रिविबाट सेवा लिने जो कोही सेवाग्राही सकस भोग्न बाध्य छन्। ३० मिनेटमा सकिने काम कर्मचारीको हेलचेक्रयाइँले दिनभरि खर्चनुपर्ने अवस्था छ। लाइनमा बसेर नै समय बित्ने गर्छ। शोधपत्र (थेसिस) पनि समयमा नबुझ्ने गरेको विद्यार्थीहरुको गुणासो छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय प्राङ्गणमा भेटिएका संखुवासभाका नवीन घिमिरेले कर्मचारीहरूले अनेकन बहाना गरी काम नगर्ने गरेको गुनासो पोखे। ‘त्रिविमा केही काम परेर आउँदा एउटा युद्ध नै झेल्नुपर्छ,’ उनले भने, ‘जहाँ पनि लाइन बस्नुपर्छ, काम छिटोछरितो गर्दैनन्।’
कर्मचारी अभावले काममा ढिलाइ : त्रिवि
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी कर्मचारी कम भएकाले समयमा नतिजा प्रकाशित गर्न नसकेको बताउँछन्।
‘डिग्रीको प्रकाशित गर्ने काम सकायौं,’ उनले भने‚ ‘प्रकाशित गर्ने र अंक चढाउने काम भइरहेको छ, क्रमशः अन्य संकायको पनि प्रकाशित हुन्छ।’
जोशीका अनुसार कार्यालयमा २२४ दरबन्दी छ। तर‚ हाल १३७ जना मात्रै कर्मचारी छन। तिनीहरू पनि सबै सूचना प्रविधिसम्बन्धी ज्ञान भएका नभएकाले काम समस्या भएको उनको भनाइ छ।
‘यी संख्याका सबै कर्मचारी आइटी जान्ने छैनन्। आइटीमा एक जना प्रमुख र अर्को एक जना करार गरी दुई जना मात्रै छन,’ प्रमुख जोशीले भने‚ ‘त्यसैले परीक्षा भएको तीन महिनामा नतिजा प्रकाशित गर्ने भनिए पनि गर्न सकेका छैनौं।’ उनले सेवालाई छिटो छरितो गर्न प्रत्येक शाखामा आइटी राख्न माग गरेको उनले बताए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,