पथरी र दमकमा वक्तृत्वकलासहितको बाल प्रतियोगिता

दमक, २९ भदौ /  ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार  नगरपालिकाको आयोजनामा दमकमा वक्तृत्वकला र पथरी शनिश्चरेमा निवन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

 

पथरीको सिन भिलेज पार्टी प्यालेसमा नगरपालिकाले आयोजना गरेको निवन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । जसअन्तर्गत निवन्ध लेखन प्रतियोगितामा सामुदायिक विद्यालययतर्फ जनता माविकी जुनिता लम्साल प्रथम, पञ्चायत माविकी रेनशा राई दोस्रो, बुद्ध माविका निरज बिष्ट तेस्रो हुनु भयो । यस्तै निजी विद्यालयतर्फ एभरेष्ट ई.बो.स्कुलकी सुहाना दाहाल प्रथम, वाल्मीकि मे.से.स्कुलकी प्रतिष्ठा खत्री दोस्रो, किरात एकेडेमीकी युनिशा रोक्का तेस्रो बन्नु भयो ।                           

 

यस्तै वक्तृत्वकला प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ पञ्चायत माविकी निवा चेम्जोङ प्रथम, सिंहवाहिनी माविका अग्रिम खड्का दोस्रो र सिंहवाहिनी माविकी ममता राई तेस्रो हुनु भयो । यस्तै निजी विद्यालयतर्फ वाल्मीकि मे.से.स्कुलकी रक्षा अधिकारी प्रथम, एभरेष्ट ई.बो.स्कुलकी पूजा रिजाल दोस्रो, न्यू पेगोडा ई.बो. स्कुलकी इसिका गुरागाई तेस्रो भएर पुरस्कृत बन्नु भयो ।
कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई नगर उप–प्रमुख देवीमाया काफ्लेले फूलमाला, अविर, प्रमाण पत्र र नगद सहित सम्मान गर्नुभयो । कार्यक्रममा नगरको सामाजिक विकास शाखा प्रमुख ताराप्रसाद ढकाल, सृजना भट्टराई, समाजसेवी दुर्गा सुवेदी दंगाल लगायतको उपस्थिति रहेको थियो ।     पुरस्कार वितरणअघि विभिन्न साँस्कृतिक नृत्य, गायन,  कविता वाचन लगायतका कार्यक्रमहरू भए ।

 

 

नगरपालिकाको सहयोगमा नगर बाल सञ्जाल दमकले राष्ट्रिय बालदिवसको अवसरमा बाल मैत्री नगरको परिकल्पना विषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईसहितले पुरस्कार  प्रदान गर्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु