‘प्रचण्ड जी मिल्न पर्‍यो’ भन्दै नआउन आग्रह

ओलीको गृह जिल्लामा आएर प्रचण्डले गराए २ सय बढीलाई पार्टी प्रवेश

झापा, ३० भदौ/

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पार्टी परित्याग गरेकाहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउनु भएको छ ।

बिर्तामोडमा सम्पन्न भएको राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले २ सय बढीलाई पार्टी प्रवेश गराउनु भएको बिर्तामोडको प्रतिदिन दैनिकले लेखेको छ ।

प्रतिदिनका अनुसार पुराना वाम बुद्धिजीवीका रुपमा परिचित लोकबन्धु कन्दङ्वा सहित अन्य व्यक्तिहरु माओवादीमा प्रवेश गर्नुभएको छ ।
कन्दङ्वा तत्कालिन अनारमनि नगरोन्मुख गाविसका भएको समयमा काम गर्नु भएको थियो ।

 

कन्दङ्वासँगै सामाजिक अभियन्ता गोपाल मुखिया, एमाले जिल्ला सदस्यहरु मोहन योगी, सीता रणपहेली, जगत राई , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला सदस्य बिरेन्द्रकुमार याक्थुङवा, जनता समाजवादी पार्टीका प्रदेश सदस्य मणि राई, झापा बिद्रोहका सहिद परिवार नरेन्द्र घिमिरेलगायत करिव २ सय जना पार्टी प्रवेश गरेको जनाइएको छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहाल, उपमहासचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज हरिबोल गजुरेल (शितलकुमार) ले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

यस्तै पूर्वाञ्चल दैनिकले लेखे अनुसार ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ ।

माओवादी केन्द्र झापाले बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने खेलमा नलाग्ने बताउनुभयो । माओवादी अब जनतासंग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने अध्यक्ष दाहालको भनाई छ ।

नेकपा एमाले र नेपाली कांग्रेसलाई २०८४ सालसम्म नै मिल्न र सरकार सञ्चालन गर्न शुभकामना दिएको बताउनु भएका अध्यक्ष दाहालले फेरि ‘प्रचण्ड जी मिल्न प¥यो’ भन्दै नआउन आग्रह गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,