एउटै मार्केटमा ६ वटा होलसेल पसल

केडी कम्प्लेक्समा होलसेल मार्केट सञ्चालनमा(भिडियोमा हेरौ)

 

दमक, ५ असोज / झापाको क दम६ बेलडाँगी रोडमा अवस्थित केडी कम्प्लेक्समा शनिबारबाट होलसेल मार्केट संचालनमा आएको छ ।

डीम्याक्स भवनसँगै उत्तरमा जोडिएको सो मार्केटको दमक उधोग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल) ले उद्घाटन गर्दै व्यवसायको उन्नतीको शुभकामना व्यक्त गर्नुभयो ।

 

सो अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले पनि यसखाले मार्केटले वडा तथा नगरको विकासमा मद्धत पुर्याउने बताउनु भयो ।

 

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी निसान थापा, वाणिज्य संघका सल्लाहकार सदस्य रेवत बस्नेत, वाणिज्य संघ उपाध्यक्ष राजकुमार योङ्या र रुबल अधिकारी, संघका सदस्य तुलसीराम तिम्सिना, सन्तोष शाह तेली, हेमसागर अधिकारी, सञ्जीव बराल, लेखा संयोजक नेत्रप्रसाद चम्लागाईं, सदस्य पदम राउत, समाजसेवी बुद्धिसागर बराल लगायत अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो ।

https://youtu.be/yLVxeJx6JTA

 

सो मार्केटमा हाल ६ वटा होलसेल पसल रहेका छन् । त्यहाँको कालिका स्टोरमा ब्रा, पेन्टी, नाइटसुट, मोजा, बेनिसा सप्लायर्समा बच्चाको सम्पूणर् जुत्ता, चप्पल र मोजा, नमुना स्टोरमा बच्चाका सवैखाले कपडा राखिएको छ ।

साथै सुब्बा स्टोरमा सबै उमेर समूहका पुरुष र महिलाका कपडा, पूर्वाञ्चल खेलौना तथा गिफ्ट हाउसमा आधुनिक खेलौना र युएस स्टोरमा आधुनिक चश्मा, लेडिज व्याग, छाता, मोजा पाइने सम्बन्धित पसलका सञ्चालकहरुले जानकारी गराउनु भयो ।

https://youtu.be/yLVxeJx6JTA

 

सामाजिक एवम् व्यवसायिक अगुवा काँशी खातीले सो मार्केट सञ्चालनमा ल्याउनु भएको हो ।

 

 

कार्यक्रममा बोल्दै होलसेल व्यवसायी संघ दमकका अध्यक्ष रिंगकुमार आचार्यले मन्दीको चुनौती हुँदाहुँदै पनि अनुभवी व्यवसायीले एकैठाउँमा मिश्रित सामग्रीको पसल सञ्चालनको हिम्मत गरेर नमुना बजार बनाउने योजनाको सफलताको शुभकामना दिनुभयो ।

https://youtu.be/yLVxeJx6JTA

(एडीभी)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी