दमक, असोज २९
झापामा जुवाका रूपमा तास खेलिरहेको खालबाट १२ जना व्यक्ति पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ दुधेस्थित विनोद खरेलको घरमा तास खेलिरहेको अवस्थामा ५ लाख ४ हजार ३० रुपैँया सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खरेलको घरमा रहेको सगरमाथा होटलको तेस्रो तल्लामा प्रहरीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा एक बुक तास र नगद सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा खरेल सहित शिवसताक्षी नगपालिका वडा नम्बर ६ का ५० वर्ष उमेरका मिलन भण्डारी सोही ठाउँका ४७ को दिपक तामाङ, ४२ को नविन तिम्सिना, ३९ को प्रकाश लिम्बू, ३७ का भिमबहादुर भण्डारी, ४१ का दिनेश बाराकोटी ३२ को नरेन्द्र विश्वकर्मा, ३६ को लोकबहादुर विश्वकर्मा, ४१ को खगेन्द्र उप्रेती, ३९ क विनोद खरेल (घर तथा होटल साहु) २० का सौगात मैनाली र भारत कलकत्ताका वर्ष ४१ का परिदोश पल रहेको प्रहरीले जनाएको छ ।










