एशियन हाइवे निर्माण र समृद्धिको स्थानीय सम्भावना अध्ययन

राजमार्ग र नागरिक सुविधा एकअर्कासँग अन्तरसम्बन्धित छन् । यसमा पनि अब केही दिनमा एशियन हाइवे थुप्रै पालिकालाई जोड्दै र कैयौँ घरखेत छुँदै आफ्नै अगाडि बन्दैछ । यसबाट राजनीतिक मुद्दाको सम्बोधन र व्यवस्थापन, सामाजिक-आर्थिक प्रगति र व्यक्तिगत जीवनमा के फाइदा लिन सकिन्छ ? के लाभ लिन सकिन्छ ? पालिकालगायत सम्बद्ध क्षेत्रमा कार्यरत संघसंगठन र जिम्मेवार तपाई हामी प्रत्येकले सोचेको हुनुपर्छ ।

 

मानिसको शारीरिक र मानसिक विकाससँग भौतिक निर्माण र पूर्वाधार विकास प्रत्यक्ष र परोक्ष दुबै हिसावले सहयोगी बन्नुपर्छ । मूलतः मानव संशाधन निर्माणको प्रश्नअन्तर्गत सुरक्षाको प्रत्याभूति, आस्थागत अभिव्यक्ति, आवश्यकताअनुसारको मनोरञ्जन, शुद्ध हावापानी, धूलोरहित वातावरण, स्वच्छ र स्वस्थ खाद्यवस्तुको उपलब्धता, जैविक विविधता, परिस्कृत र सभ्याचरणले आकर्षित वातावरणीय शिक्षा प्रारम्भिक आवश्यकता हो ।

 

१) यसको संरक्षण र व्यवस्थापनका लागि सहयोगी हुने राष्ट्रिय राजमार्ग हिजो थियो । आजसम्म त्यही छ । अब यो एशियन स्तरको हाइवे बन्दैछ । समय र मानव सामथ्र्य बचतका दृष्टिकोणले यातायात कतिको सहज हुन्छ ? यातायातका साधनहरू कसरी उपलब्ध हुन्छन् ? दैनिक यात्रा, स्थानीय कामकाज र व्यापार व्यवसायलाई कसरी सजिलो बनाउछ ? चुरो कुरा यो हो जस्तो लाग्छ ।

 

२) सजिलो यातायात पहुँचको यो दृष्टिकोणबाहेक व्यापार, व्यवसाय र उद्यम सञ्चालनमा यसका फाइदाहरू के-कस्ता रहन्छन् ? चल्दै आएका रेस्टुरेन्ट, होटल, पेट्रोल पम्पबाहेक व्यापार व्यवसायका अरु नयाँ नयाँ सम्भावनाहरू के-के हुन सक्छन् ? जलाशय, घनावन, वन्यजन्तु, वनपैदावर वस्तुको अत्याधिक उपलब्धता भएको हाम्रो क्षेत्रमा थप बढी मात्रामा हामी के के गर्न सक्छौँ ?

 

३) हाइवे बिस्तार हुँदा भौतिक पूर्वाधार विकास आकर्षक होला । योसँगै छेउछाउका जग्गा जमिनको दाम ह्वात्तै बढ्ला । दाम बढेअनुसार यहाँको सद्भाव र सहिष्णुमिश्रित सामाजिक र सांस्कृतिक गतिविधि आदानप्रदानको केन्द्रका रूपमा हाम्रो शहरबजारलाई कसरी वृद्धि-विकास गर्न सकिन्छ ? शैक्षिक हवको रूपमा हाम्रो शहरबजारलाई कसरी उभ्याउन सकिन्छ ?

 

४) प्रत्येक हाइवे यात्रा गर्ने यात्रु स्थानीय पर्यटक हो । तिनलाई कसरी आकर्षित गर्न सकिएला ? पर्यटकीय व्यापारसँग स्थानीय भेटघाट बढाउन मनमोहक सेवा-सुविधाको क्षेत्र के होला ? पर्यटन प्रवर्धनको हाम्रो आफ्नो मुद्दालाई यहाँको आयआर्जनसँग कसरी जोड्न सकिएला ?

 

५) पालिकाको आफ्नो उत्पादन, आयात र निर्यातको वस्तुपरक अवस्था अध्ययनको सापेक्षमा अस्पतालको सेवा, बजारको सेवाका लागि बजार बिस्तारको योजना, सार्वजनिक महत्वका क्षेत्रमा नागरिकको पहुँच वृद्धि-विकास, यसमार्फत रोजगारीको सिर्जना र आर्थिक समृद्धिमा योगदान पुग्ने गतिविधि के होलान् …!?!

 

जस्ता विषयोपर स्थानीय सरकार, उपलब्ध सरकारी संयन्त्र, उद्योग वाणिज्य संघ, व्यापार व्यवसायिक संघ, उपभोक्ता समूहहरूको ध्यान पुग्न जरुरी छ । परस्पर सहकार्य आरम्भ गरौँ । धन्यवाद ।
पथरी शनिश्चरे, मोरङ
                                                                    (लेखक बास्कोटा, राजनीति र सामाजिक गतिविधिमा क्रियाशील हुनुहुन्छ )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल

बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन

काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको

१,११४ शव फेला, ३४ देशका ५९० विदेशी सहित ३,९०० बेपत्ता

काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता

सप्तकोसीमा पानीको बहाव २ लाख २६ हजार क्युसेक नाघ्यो, २७ ढोका खोलियो

विराटनगर ,१७ भदौ ।सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेर २ लाख २६ हजार ६ सय ८० क्युसेक पुगेको