किसान भन्छन्, ‘माफियाहरुसँगको मिलेमतोमा सरकारले पुनः आयात गर्न दिन खोज्यो’

सुपारी आयातको गृहकार्य ‘नेपाली किसानमारा नीति’

 

झापा ।

काँकडभिट्टा — तेस्रो मुलुकबाट आयात भई अवैध बाटोबाट भारत निकासी हुने सुपारी आयातका कारण स्थानीय उत्पादन भने धराशायी बन्दै आएको किसानले गुनासो गरेका छन् ।

आयात खुला गर्ने सरकारको निणर्यले वास्तविक सुपारी किसान समस्यामा पर्ने उनीहरूको भनाइ छ । नमुना झापा सुपारी बाली विकास संस्था बिर्तामोडले विज्ञप्ति जारी गरेर तेस्रो मुलुकबाट सुपारी आयातको इजाजत दिएर सरकारले किसानमाथि गम्भीर अपराध गरेको आरोप लगाएको छ । ‘किसानमारा आयात अनुमति तत्काल खारेज गर्न अनुरोध छ,’ अध्यक्ष राजकुमार राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विदेशी सुपारीका कारण किसानका सुपारी बजार अभावले घरघरमै थन्किएको किसानहरूको भनाइ छ । माफियाहरूसँगको मिलेमतोमा सरकारले पुनः आयात गर्न दिनु किसानको हितविपरीत भएको सुपारी बाली विकास संस्थाका अध्यक्ष राईले जनाएका छन् ।

सिंगापुर, इन्डोनेसिया र मलेसिया जस्ता मुलुकबाट आयात हुने सुपारी स्थानीय उत्पादनको लेबल लगाएर लामो समयदेखि भारत तस्करी हुँदै आएको छ । सुपारी खेतीको विकास गर्ने नाममा खुलेका दर्जनभन्दा बढी संस्थाले समेत स्थानीय उत्पादन नकिन्दा भारतबाट साइकल चढेर आउने साना व्यापारीलाई सस्तो र उधारोमा बिक्री गर्न किसान बाध्य छन् ।बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, खुदुनाबारीलगायतका झापाका उत्तरी क्षेत्र सुपारी खेतीका लागि प्रख्यात मानिन्छन् । वार्षिक करिब १० हजार टन सुपारी आन्तरिक खपत हुन्छ । जबकि झापा, मोरङ र इलामका केही स्थानसहित स्वदेशमै १२ हजार टन सुपारी उत्पादन भइरहेको छ ।

नेपालमा उत्पादन हुने काँचो सुपारी कुल उत्पादनको करिब २० प्रतिशत मात्रै नेपालमा खपत हुने र बाँकी ८० प्रतिशत भारत निकासी हुँदै आएको थियो ।
२०५० को दशकदेखि नेपालमा सुपारी आयात गरेर अवैध रूपमा भारत निकासीको काम सुरु भएको हो । खासगरी सीमावर्ती सहरमा यो व्यापार बढी केन्द्रित बन्यो । विगतमा सुपारीको कारोबार खुलेआम थियो । भारतीय व्यापारी खरिदका लागि आउँथे । भन्सार नाकाबाटै खुलेआम मेची तार्थे । सुपारी खरिदबिक्रीका लागि भारतीय व्यापारीहरूको ‘मेला’ नै लाग्थ्यो ।

झापा सुपारी उत्पादनका लागि परिचित छ तर तस्करीका लागि बदनाम । मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया जस्ता मुलुकबाट भित्रिने सुपारीको ‘साम्राज्य’ छ झापामा । जसले स्थानीय उत्पादन जबर्जस्त किनारा लागेको झापाको मेचीनगरमा सञ्चालित सुपारी प्रशोधन केन्द्रका सञ्चालक अनिल भेटुवालको आरोप छ ।

झापाका बाहुनडाँगी, शान्तिनगर, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर आदि क्षेत्र सुपारी उत्पादनका लागि परिचित छन् । त्यहाँबाट व्यापारीले खरिद गरेर ल्याएको सुपारी जिल्लाका विभिन्न प्रशोधन केन्द्रसम्म पुर्याइन्छ ।

जिल्लामा दर्जनौं प्रशोधन केन्द्र (सुपारी भट्टी) छन् । पहिला-पहिला भारतीय व्यापारीले घर-घर पुगेर काँचो सुपारी खरिद गर्ने र भारततिर लैजाने चलन थियो । तर स्थानीय प्रशासनले काँचो सुपारी निकासीमा रोक लगाएपछि भारतीय व्यापारी निरुत्साहित छन् ।

‘भारतीयले नेपाली सुपारी बोटबाटै ताछेर लान्थे,’ भेटुवालले भने, ‘अहिले कम्तीमा भारतीयले काँचो सुपारी लैजान पाएका छैनन् । सुपारी प्रशोधनपछि मात्रै जान्छ ।’ आयातित सुपारीका कारण नेपाली उत्पादनले अनावश्यक समस्या झेल्नुपरेको दाबी गर्दै बुधबारे-९ का किसान मनोरथ तिवारीले थपे, ‘तेस्रो मुलुकको सुपारी आयात बन्द गरे समस्या र चलखेल सकिन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका