उज्यालो आर्टिकल

कसरी फस्छन बालबालिका दुर्व्यसनमा ?

माधवमणि खनाल

विशेष गरेर किसोरावस्था प्रबेश गर्दै गरेका बालबालिकाको शारीरिक तथा मानसिक परिवर्तनको कारणले उनीहरु भित्र विभिन्न मानसिक पिडा, बिद्रोह र असन्तोष पैदा हुने गर्दछ। यस्ता समस्यावाट छुटकारा पाउन परिवार, साथीहरु र आफन्तवाट भावनात्मक सहारा खोजिरहेका हुन्छन ।

 

उनीहरुले खोजेको भावनात्मक सम्बन्ध सहिरुपले प्राप्त गर्न नसकेमा मानसिक पिडाको आगो बल्न थाल्छ र त्यहि आगो निभाउन सहाराको खोजि गर्ने सिलसिलामा  गलत सहारा लिन पुग्छन् ।

 

फलस्वरूप दुर्व्यसनको सिकारमा फस्ने अत्याधिक हुने गरेको पाइन्छ ।बालबालिकामा हुने एक्लोपन, डिजिटल सामग्रीको अत्याधिक प्रयोग, जंकफूडको प्रयोग, अभिभावकीय व्यवहार, शैक्षिक दवाभ र प्रभाब  आदि कारणले आजका बालबालिकामा अपेक्षाकृत रुपमा दुर्व्यसन तिर आकर्सित भएको पाइन्छ ।बालबालिका दुर्व्यसनमा आकर्सित हुने विभिन्न पक्षहरु जिम्मेवार भएपनि मुख्य पक्षहरु निम्न रहेका छन्

 

  • आवश्यकताको अनावश्यक पूर्ति

कतिपय अभिभावकहरु आफ्ना बालबालिकालाई आफ्नो सम्पन्नता प्रदर्शन गर्ने माध्यमका रुपमा प्रयोग गर्छन । आफ्नो सम्पतिको रबैया प्रदर्शनस्वरूप सन्तानलाई स्कुल,कलेज तथा अन्यत्र जादा जे जति आर्थिक माग गरेपनि बिना प्रतिक्रिया पुरागरिदिने गर्छन् । सामान्य आर्थिक अवस्था भएका अभिभावकले पनि लाडप्यारको नाममा जे जस्ता माग पनि सानै उमेरदेखि पुरा गरिदिने गर्छन ।

 

अभिभावकको यस्तो व्यबहारले बालबालिकाले पनि अभिभावकको सम्पतिको आफ्नो साथीभाईको अगाडी रावफ देखाउन अनावश्यक खर्च गर्ने बानीको बिकाश हुनुको साथै मजा र आनन्द लिन उनीहरुले विभिन्न प्रकारको चिजबिजको खोजमा सक्रिय हुने गर्छन । फलस्वरूप उनीहरु गलत स्थान र संगत लिन पुग्छन् र कुलतमा फस्न पुग्छन् ।

  • असफलातामा उचित परामर्शको अभाव

हाम्रो समाजमा अधिकाश अभिभावक आफ्नो रुची र इच्छाए जस्तो बालबालिका बनाउन चाहन्छन । बालबालिकाको रुची भन्दा अभिभावकको रुची अनुसार हुनु पर्ने बाध्यताले मानसिक तनाब बढ्दै जानुका साथै कहिले काही बालबालिकाको सामान्य असफलतामा पनि अभिभावकको रुखो व्यवहारले उनीहरुमा पिडा उत्पन्न हुन्छ ।

 

उनीहरुले बेहोर्नु परेका विभिन्न किसिमका असफलता एबम योग्यताको कुरा याद दिलाएर अभिभावकले बारम्बार दिएको मानसिक यातना सहन गर्न नसकी गलत कुराको प्रयोग गर्न पुग्छन र दुर्व्यसनमा फस्न सक्छन ।उनीहरुको पढाइलेखाइ पनि कमजोर हुने, विद्यालय, घरपरिवार र समाजबाट पनि मायाप्रेम नपाउने हुनाले उनीहरुको जीवन एक्लो हुन्छ । जस्ले गर्दा उनीहरु त्यसको पीडा भुलाउन झन ठूलो कुलतको प्रयोग गर्दछन् र अन्त्यमा ठूलै ड्रगिष्टको रुपमा चिनिन्छन् ।

  • अभिभावकको अत्यधिक व्यस्तता

अभिभावकले आजभोली सानै उमेरदेखि होस्टेल, बोडर्स वा अन्य  व्यक्तिको जिम्मा लगाउने गरेको पाइन्छ ।तरहरेक बालबालिकाहरुलाई अभिभावकले आफ्नो निगरानीमा राखेर उनीहरुलाई माया, ममता, स्नेहका साथ उचित संस्कार,शिक्षा र नैतिक चरित्रको विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

अभिभावकको व्यस्तता र अस्तव्यस्तताका कारणले बालबालिकाले पाउनुपर्ने पर्ने उमेर अनुसारको परिवारको साथ र भावनात्मक सम्बन्धको अभावको रहेको हुन्छ र यस्तो समस्या समाधानको लागि गलत संगतको प्रभावमा कुलतमा फस्न पुग्छन् ।

  • बालबालिकाको क्षमता पहिचान बिनाको अभिभावकको अपेक्षा

आजभोली शिक्षामा प्रतिस्पर्धाको नाममा अभिभावकले बालबालिकाको जीवनमूल्य पद्धतिमा आउनु पर्ने गुणस्तर भन्दा कागजी अंकलाई प्राथमिकता दिएको , अभिभावकको इच्छा

अनुसार बालबालिकाले अंक ल्याउनु पर्ने, हरेक क्रियाकलापमा सक्रियका साथ सहभागीता जनाउनु पर्ने र उत्क्रिस्टता प्रदर्शन गर्नुपर्ने दवाब र प्रभावले बालबालिकामा एक प्रकारको मानसिक समस्या भोग्नु परेको अवस्था छ ।

अभिभावकको यस्तो दवाबपूर्ण व्यवहारले यसवाट छुटकारा पाउनका लागि र तनाब कम गर्ने उपायको खोजीमा दुर्व्यसनको सिकार हुने गरेका छन् ।

तपाइँ हामी अभिभावकले बालबालिकाको लागि चाहिने आवश्यक संस्कार, मानबिय व्यवहार, मूल्य र मान्यतालाई थाती राखेर प्रतिस्पर्धा, सम्पन्नता, देखासेखी प्रभाब र बालबालिकाको इच्छा बिपरितको दवाब दिएर सन्तानलाई दुर्व्यसनको सिकार बनाइरहेका त छैनौ ?

अनि संगतले बिगारो भनेर अर्कालाई दोस देखाएर आफु चै असल बन्ने कोसिस पो गरिरहेका छौ कि ? भनेर सबैले सोच्नु पर्ने अवस्था आएको देखिन्छ । आफ्नो इच्छा पुरा गर्न र जबर्जस्ती बन्न लगाएर बालबालिकालाई दुर्व्यसन तिर धकेल्नु भन्दा माया, ममता, स्नेहक साथ सन्तानको इच्छा र क्षमता बुझेर सो अनुसारको असल सन्तान बन्नका लागि प्रेरित गरि बालबालिकालाई कुलतवाट जोगाउने  सबै अभिभावकको दायित्व हो ।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा