नाडी र दाहिने पातामा गहिरो चोट

भाउजूमाथि देवरको खुकुरी प्रहार, देवरलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइने

मोरङ, कार्तिक २६

मोरङको कानेपोखरी गाउँपालिका-४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ५५ वर्षीया भाउजु शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको आरोपमा वसन्त पक्राउ परेका हुन् ।

 

खुकुरी प्रहारबाट भाउजू शिवा गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ ।

उहाँलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा राखीएको छ ।

यता खुकुरी प्रहार गर्ने देवर बसन्त विरुद्ध विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको