हात्ती धपाउन जागेका भण्डारी सदाकालागि अस्ताए

दमक, मंसिर २
रातमा हात्तिले घरमा आएर बिगार गर्न लागेको देखेर धपाउन निस्केका झापा दमक ३ का एकजना युवाको मृत्युु भएको छ ।

 

दमक ३ मा दिपज्योती टोलमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटाले सामाजिक सन्जाल मार्फत जनाएका छन ।

आज आइतबार बिहान करिब २ बजे सो ठाउँका ४५ बर्षिय मिनबहादुर भण्डारीलाई हात्तीले लछारपछार पार्दा घट्नास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

 

हात्तीेले छिमेकी सुविन भट्टराईको भान्सा घरमा बिगार गर्न खोजेपछि छिमकी भण्डारी हात्ती धपाउँदै त्यता तर्फ आएका थिए । उनलाई हात्तीले एक सय मिटर टाढा सम्म लखेटेर लछारपछार पारेको बताइएको छ ।

 

दमक ३ का वडाध्यक्ष नबिन बरालले चुरे क्षेत्रमा देखापर्ने हात्तीले त्यस भेगमा हरेक बर्ष एक/दुई जनाको ज्यान लिने गरेको बताए । हात्ती आहार खोज्दै गाउँतिर पस्नाले जोखिम बढेको र रातैभर दुख दिने गरेको स्थानीयबासी बताउँछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी

बाजुरामा असारे रोपाइँको चटारो

बाजुरा,११ असार । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने

मदन भण्डारीको स्मृतिमा दमकमा हुदैछ बृहत् रक्तदान कार्यक्रम

दमक, ११ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा तथा नेपाल

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले