ढकाल निर्वाचित

प्याब्सन प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल

 

झापा /
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को अध्यक्षमा टिकाराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । मोरङको उर्लाबारीमा भएको प्याब्सन प्रदेश १ को तेस्रो अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचत भएका हुन् ।मोरङको सुन्दरहरैचास्थित ब्राइट फ्युचर स्कूलक प्रबन्धक निर्देशक रहेका ढकाल यसअघि मोरङ प्याब्सनको पुर्व अध्यक्ष पनि भइसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले निजि बिद्यायलयको सस्थागत बिकासका लागि कृयाशिल भएर लागि पर्ने उनले बताए । आगामी दिनमा अझ इमान्दरिताका साथ संगठनको जिम्मेवारी बहन गर्ने उनको भनाई छ ।


प्याब्सनको तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उर्लाबारीस्थित पशुपति स्कूलका सुमित थापा, उपाध्यक्षमा इटहरीस्थित मोडल स्कूलका ज्ञान कुमार दाहाल, मोरङको सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कूलका अर्जुन बस्नेत, सचिब झापाको दमकस्थित एभरेष्ट स्कूलका कोषराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहसचिब इनरुवा बोर्डिङ स्कुलका विष्णु प्रसाद कोइराला, कोषाध्यक्षमा विराटनगरस्थित ज्ञानोदय विद्या निकेतनका राजेश आचार्य, सहकोषाध्यक्ष झापाको प्रज्ञा एकाडेमीका युसुभ पाण्डे रहेका छन् ।यस्तै सदस्यहरुमा भानुभक्त राजवंशी, ज्ञानकुमार लिम्बू, रुक्मीणा गौतम, निश्चलराज शाक्य र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ