‘अबको आन्दोलन निर्णायक हुने।’

कोशी प्रदेशका ८२ सांसदलाई सार्वजनिक कार्यक्रमहरूमा ‘निषेध’ गर्ने,जबरजस्ती गरे जे पनि हुनसक्ने चेतावनी

विराटनगर, मंसिर ३
प्रदेशको नाम ‘कोशी’ राख्दा त्यसका पक्षमा मतदान गर्ने कोशी प्रदेशका ८२ सांसदलाई सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाउनै नदिने घोषणा गर्दै ‘प्रदेश १ पुनः नामांकन संघर्ष समिति’ ले फेरि आन्दोलन घोषणा गरेको छ।

 

कोशीका पक्षमा मतदान गरेका ८२ सांसद र एमालेका थप तीन नेताहरूका हकमा यस्तो ‘कारबाही प्रभावकारी बनाउने’ घोषणा समितिले गरेको छ। २०७९ फागुन १७ मा प्रदेशसभामा कोशीका पक्षमा मतदान गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका ८२ जना सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने, जबरजस्ती गरे जे पनि हुनसक्ने चेतावनी दिँदै समितिले उनीहरूलाई कार्यक्रममै नबोलाउन भनेको छ।

 

‘कोशीका पक्षमा मत दिने ८२ जना र प्रधानमन्त्री केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतका हकमा यो कारबाही गरिएको छ,’ सोमबार विराटनगरमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै समितिका नेता प्रेम एक्तेनले भने, ‘अबको आन्दोलन निर्णायक हुनेछ।’

 

त्यसो त आफूलाई ‘पहिचानवादी’ दाबी गर्ने एक दर्जनभन्दा बढी विभिन्न समूह सम्मिलित यो संघर्ष समितिले यसअघि पनि प्रदेशका सांसदसहित ८५ जनालाई प्रदेशमा प्रवेश निषेधकै घोषणा गरेको थियो।

२०७९ फागुन १७ मा प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम कोशी राखेको थियो। लगत्तै आफूलाई पहिचानवादी दाबी गर्ने समूहहरूले आन्दोलन घोषणा गरेका थिए। संघर्ष समितिले त्यहीबेला थालेको प्रदर्शनसहितको आन्दोलन थामिँदै चल्दै आएको छ। यतिका समयसम्म आन्दोलन नउठ्ने अवस्थामा अब आन्दोलन घोषणा किन भन्ने प्रश्नमा समितिका नेताहरूले ‘अबको आन्दोलनलाई निर्णायक बनाउने’ जवाफ दिएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,