ठग र भ्रष्टाचारीहरुले अनर्गल प्रचार गरेको प्रधानमन्त्री ओलीको टिप्पणी

दमक, मंसिर ७
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगी र भ्रष्टाचारगर्नेहरुले चलखेल गर्न नपाएको निहुँमा आफ्नो नेतृत्वको सरकार विरुद्ध अनर्गल प्रचार गरेको टिप्पणी गर्नुभएको छ ।

 

 

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जनजागरण कार्यक्रममा बोल्दै ओलीले त्यस्तो टिप्पणी गर्नुभएको हो । पार्टीविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले हल्ला र भ्रमको पछि नदौडिने पार्टी भएको र सहकारी ठगी गर्नेहरुले नै उल्टै सरकारलाई गाली गरेको भन्दै कडा टिप्पणी गर्नुभयो ।

 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि एमाले र आफूमाथि गालीगलौच गरेर राजनीतिक प्रतिशोध साँधेको भन्नु गलत भएको उल्लेख गर्नुभयो । ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उहाँले भन्नु भयो ।

 

कानुनविपरीत अपराध गर्ने जो कोहीलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गर्नुभयो । साथै उहाँले कता कता पैसा लगानी गरेको छ भनेर आफूमाथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती समेत दिनु भयो ।

 

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्दै सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताउँदै त्यो सपना कहिल्यै पुरा नहुने जिरह गर्नुभयो ।

 

 

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको ओलीले बताउनु भयो ।

 

 

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीको धारणा थियो ।

 

 

२०८४ सालको निर्वाचनसम्म अहिलेको सत्ता समीकरण कायम रहने समेत ओलीले उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल