नेपाली साहित्यको सम्मान

डा.देवी नेपाललाई असममा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्रदान हुने

दमक, मंसिर ८
भारतको असम राज्यमा रहेको साहित्यिक संस्था असम नेपाली साहित्य सभाले नेपालका समालोचक डा. देवी नेपाललाई ‘निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।

 

 

नेपाली तथा असमी दुवै भाषामा बराबर कलम चलाउने बहुमुखी प्रतिभा निरु शर्मा पराजुलीको गत वर्ष निधन भएपछि उहाँका श्रीमान् गोवाहाटी उच्च अदालतका सरकारी वकिल जयन्तकुमार पराजुलीद्वारा स्थापित सो पुरस्कार पहिलोपटक नेपालका स्रष्टा नेपाललाई प्रदान गर्न लागिएको हो ।

 

 

असम नेपाली साहित्य सभाद्वारा गठित नव सापकोटा (असम), डा. जीवन राणा (दार्जीलिङ) र चन्द्र भण्डारी (नेपाल) रहेको तीन सदस्यीय प्रतिभा चयन समितिले डा. नेपालको नाम सिफारिस गरेको थियो । सिर्जना, समालोचना, बालसाहित्य, सिर्जनात्मक लेखन प्रशिक्षण तथा विभिन्न प्राज्ञिक कर्महरूको उच्च मूल्याङ्कनको सिफारिस गरेपछि डा.नेपाललाई पहिलोपटक ६० हजार भारतीय रुपैयाँको पुरस्कार प्रदान गर्न लागिएको सभाका सभापति दुर्गा खतिवडा, कार्यकारिणी सभापति डा. चिन्तामणि शर्मा र मूलसचिव मदन थापाबाट प्रेषित पत्रमा जनाइएको छ ।

 

 

आगामी डिसेम्बर ५ देखि ८ सम्म उपल्लो असमको गोलाघाट जिल्लामा रहेको सरुपथार सहरमा आयोजना हुने असम नेपाली साहित्य सभाको १६ औँ महाधिवेशन तथा स्वणर्जयन्ती समापन समारोहमा असम राज्यका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिङ तामाङ (पीएस गोले) को हातबाट प्रदान गरिने छ ।

 

सो कार्यक्रममा नेपालबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभा, प्रा.डा. गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, चन्द्र भण्डारी, विमल वैद्य, दीपक सुवेदी, विष्णु न्यौपाने, डा. गोपीकृष्ण खतिवडा, भगवती ढुङ्गेल, भरत गुरागाईं बर्बरिक, दुर्गा सिग्देल, तुलसीप्रसाद भट्टराई, प्रिन्स प्रमोद ढकाल, नेपाली साहित्य परिषद सिक्किमका प्रतिनिधि  तथा सिक्किम गजल मन्चकी सस्थापक अध्यक्ष जीविका अश्रुलगायतको सहभागिता रहने छ । बिर्तामोडको पञ्चेबाजा समूहको समेत प्रस्तुति रहने छ ।

 

 

सो कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन, नेपाली भाषामा एकरूपतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी, अन्तर्राष्ट्रिय कविसम्मेलन, राष्ट्रिय युवा साहित्यकार सम्मेलन, सांस्कृतिक साँझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार अर्पण तथा स्रष्टा सम्मान गरिने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।