शान्तिपूणर् वातावरणमा सम्पन्न

सकियो उप-निर्वाचनको मतदान, ६२ प्रतिशत मात्र मत खस्यो

दमक, मंसिर १६
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूणर् रुपमा सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ ।

 

कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपप्रमुख चार र वडाध्यक्ष ३३ सहित ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

आयोगका अनुसार काठमाडौं वडा नम्बर १६ मा ५० प्रतिशत मात्रै मत खसेको छ । आयोगका अनुसार २९३ मतदान केन्द्रवाट मतदाताहरूले मत प्रकट गरेका छन् ।

 

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूणर् वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् ।

 

तीनजना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

 

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । आज रातिबाटै परिणाम आउन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी