सिप सिकाउँ ,रोजगारमा लगाउँ वा आत्मनिर्भर बनाउँ ।

‘द व्यूटि वल्र्ड दमक एकेडेमी’ के के गरिन्छ यहाँ ?

दमक, मंसिर १८
अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला शसक्तीकरणका चर्का कुरा उठीरहेका छन् । यसो गरौ र उसो गरौ भन्ने नारा महिला अधिकारकर्मीहरुले उठाईरहनु भएको छ । तर के गर्ने ? भन्नेको जवाफ स्वरुप बिना भाषण , बिना नारा दमककी गीता सुब्बाले जवाफ दिनु भएको छ । महिलाहरुलाई साच्चै शशक्तिकरणमा लगाउने हो भने सिप सिकाउँ । रोजगारमा लगाउँ वा आत्मनिर्भर बनाउँ ।

 

यही काममा सहयोग गर्न आफुले दमकमा नयाँ ट्रेनिङ सेन्टर खोलेको बताउनु भयो । सोमबार औपचारीक रुपमा उहाँले दमकको नयाँ सब्जी बजारमा व्यूटि वर्ड एकेडेमीको उद्धघाटन गर्दै महिलाहरुलाई सिप र दक्षतासग जोड्ने अभियानमा लागेको उल्लेख गर्नु भयो । अघील्लो वर्ष १ सय जनालाई निशुल्क ब्यूटिशन कक्षा दिएको स्मरण गर्दै सुब्बाले भन्नु भयो हयो वर्षपनि सरकारी तहबाट आउने निशुल्क तालीमको कक्षा सञ्चालन गर्न दिन र त्यसलाई सफलता पूर्वक सम्पन्न गर्न आफु तयार रहेको बताउनु भयो ।

 

उद्धघाटन कार्यक्रममा बोल्दै दमक उद्योग वाणीज्य सघंका अध्यक्ष गोपाल गुरागाईले पछिल्लो समय दमकमा व्यवसायहरु चलायमान भएको बताउँदै महिलाहरुको सिपसग जोडीएर आउने कार्यक्रममा यहि रहेका तालीम प्रदायक सस्थाहरुसग आफुहरुले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी दमक नगरपाकिलाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले यस खाले व्यवसाय फैलनुनै महिला शशक्तिकरणको अभियान सफल भइरहेको उल्लेख गर्नु भयो । महिलाहरु सिपसग जोडीएर व्यवसायमा लाग्नु, रोजगारी हुनु वा स्वरोजगार बन्नुनै महिला शशक्तिकरणको प्रमुख अंग रहेको बताउँदै उप प्रमुख प्रसाईले भन्नु भयो ‘महिलाको सिप विकास गर्ने कार्यक्रममा द व्यूटि वर्ड दमक एकेडेमीलाई पनि जोड्ने छौ ।

 

सुब्बाले यस अघीपनि यही ठाउँमा ग्लोरी व्यूटि पार्लर तथा एकेडेमी मार्फत पनि यस खाले काम गर्दै आउनु भएको छ । अहिले यही एकेडेमीको ठाउँमा फेरी नयाँ तालीमकेन्द्र स्थापना गर्नु भएको हो । कस्मेटिक सामाग्री सहित अन्य इन्टेरीयर डेकुरेशन सहित गरेर १५ लाख लगानी गरेर द व्यूटि वर्ड दमक एकेडेमी’ खोल्नु भएको छ । यहाँ सौन्दर्य सम्बन्धीका सबै खाले सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारमा समेत लगाउन सहयोग गरीने जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा