देशको दिशातर्फ सकारात्मक

देशको स्थिती बारेमा ४५ प्रतिशत नेपाली सन्तुष्ट, यस्तो छ सर्वेक्षण विश्लेषण

दमक, मंसिर २५
निराश भएर युवा विदेश पलायन भइरहेका छन् भन्ने कथन छ, तर हालैको एक सार्वजनिक मत सर्वेक्षणले झन्डै आधा नेपाली गत निर्वाचनयता देशको दिशातर्फ अझै सकारात्मक रहेको देखाएको छ।

 

 

देशको स्थिति पछिल्ला दुई वर्षमा बिग्रियो, सुधारियो वा उस्तै रह्यो भन्ने प्रश्नमा देशव्यापी सर्वेक्षणका ४५.४ प्रतिशत उत्तरदाताले सन्तुष्टि व्यक्त गरेका छन्। जसमध्ये १३.९ प्रतिशत उत्तरदाताले ‘उल्लेख्य रूपमा सकारात्मक’ र ३१.५ प्रतिशतले ‘केही हदसम्म सकारात्मक’ भएको बताएका छन्।

 

 

अधिकांश उत्तरदाता (३४.६ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्। यदि हामी ‘कुनै परिवर्तन छैन’ भन्नेहरूलाई असन्तुष्ट मान्छौं र त्यसमा देशको दिशाप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूलाई जोड्छौं भने ५५ प्रतिशत मानिस असन्तुष्ट छन्,” मत सर्वेक्षण गरेको शेयरकास्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्यले भन्नु भयो ।

 

 

त्यसैगरी, करीब १८ प्रतिशतले देशको स्थिति ‘उल्लेख्य रूपमा नकारात्मक’ वा ‘केही हदसम्म नकारात्मक’ महसूस गरेका छन्। अधिकांश उत्तरदाता (३५ प्रतिशत)ले पछिल्ला दुई वर्षमा देशको स्थितिमा कुनै परिवर्तन नभएको महसूस गरेका छन्।

 

 

यस सर्वेक्षणले नेपालमा सार्वजनिक भावनाको झन् जटिल चित्र देखाउँछ, जसले भन्छ कि व्यापक निराशाको कथा सम्भवतः अति सरलीकृत छ।

चुनौतीहरू यथावत् भए पनि नेपालीको एक महत्त्वपूणर् हिस्सा आफ्नो राष्ट्रको भविष्यप्रति आशावादी छ।सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने, युवा पुस्ता, विशेषगरी महिला अत्यधिक आशावादी देखिएका छन्।

 

 

महिला उत्तरदातामध्ये १५.६ प्रतिशतले देशको वर्तमान अवस्थालाई ‘उल्लेख्य रूपमा सकारात्मक’ मानेका छन्, जुन पुरुषको १२ प्रतिशत छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा पतञ्जलीको भव्य कार्यक्रम, १९१ सहयोग शिक्षकलाई प्रमाणपत्र वितरण

दमक। १३ मंसिर |  पतञ्जली दमक नगर समिति तथा पतञ्जली सांस्कृतिक नगर समितिको आयोजनामा झापाको दमकमा बृहत् कार्यक्रम सम्पन्न भएको छ। करिब ५५० जनाको सहभागिता

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका