चासोक तङनामका चाखलाग्दा कुरा

पहिरन, परिकार, प्रकृतिको स-मिश्रणले दिएको यो सन्देश

दमक, मंसिर ३०

आफ्नै भाषा छ , आफनै बोल्ने लवज छ । आफनै बाजा छ । आफ्नै धुन र आवाज छ । अनि आफ्नै पोशाक छ । आफ्नै गहना छ । खानमा आफ्नै परिकार छन् । स्वाद बेग्ला बेग्लै तर सबै आफ्नै उत्पादन । कुनै पनि फसल उत्पादन भएपछि त्यो फसल प्रकृतिलाई नचढाई मानिसले खानु हँुदैन भन्ने विश्वास छ । प्रकृतिलाई अथाह माया गरिन्छ । पूजा गरिन्छ । प्रकृति नै सबैभन्दा ठूलो देउता हुन् भन्ने आस्था यो समुदायमा छ । यो समुदाय हो लिम्बू समुदाय । अनि यी र यस्तै कुराको प्रवद्र्धन गर्नकालागि हरेक वर्ष चासोक तङनाम मनाउने गरिएको सामाजिक अगुवा धिरेन लावतीले बेलिविस्तार लगाउनु भयो ।

 

 

यिनै संस्कार र संस्कृतिहरु कुनै बेला घर घरमा मात्रै सिमित हुन्थे । तर अहिले अर्थात प्रजातन्त्र स्थापना भएपछि सार्वजनिक स्थानमा खुलेर कार्यक्रम गर्न थालिएको छ । यस्ता संस्कार र संस्कृतिलाई स्थानीयकरण मात्रै नभएर राष्ट्रिय र अन्तरािष्ट्रयकरण समेत गराउनु पर्छ भन्ने आवाज यतिबेला बुलन्द हुन थालेका छन् । तर यो काम र अभियान एउटा समुदायले मात्रै सञ्चालन गरेर पुग्दैन । सरकारका सबै तह सकृय ढंगले लागेर यसलाई देशको पहिचान र संस्कृति र सम्पत्तिको रुपमा ग्रहण गर्न आवश्यक रहेको यसका अगुवामध्येका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले उल्लेख गर्नुभयो ।

 

अहिले सबै जाति, धर्म र समुदायलाई भेला पारेर पालम गाइन्छ, च्याब्रुङ नाच नाचिन्छ । अनि आफ्नौ मौलिक पहिरन पहिरिएर मौलिक परिकार खाँदै यसको प्रवद्र्धन गर्न विषेश कार्यक्रमहरु ठाउँ ठाउँमा आयोजना गरिएको किरात याक्थुम चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जुङ बताउनु हुन्छ ।
किरात समुदायले उधौली पर्वका अवसरमा झापाको कमलस्थित पाडाजुँगीमा आइतबार बृहत कार्यक्रम गरिएको छ ।

 

संस्कृतिमा अपार धनी रहेको लिम्बु जातिको यस खाले संस्कृतिको प्रवद्र्धन र सम्रिक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न सके यसले अझ व्यापकता पाउन सक्ने छ । संस्कार, संस्कृति र आफ्नो रितिथिती बारेमा नयाँ पुस्ताले अपनाउने हो भने यो जीवन्त रहने छ । राज्यले समेत प्रकृतिसँग जोडिएका यस्ता चार्डपर्वहरुलाई प्रवद्र्धनका कार्यक्रम गरी सहयोग गर्न आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि