सिक्किमका बराललाई साहित्य अकादमी पुरस्कार प्रदान हुने

दमक, पुस ४
सिक्किमका साहित्यकार युवा बरालको कथा संग्रह ‘छिचिमिरा’ लाई भारतको प्रतिष्ठित साहित्यिक सम्मानका रुपमा रहेको साहित्य अकादमी पुरस्कार २०२४ प्रदान हुने भएको छ ।

 

भारतको राष्ट्रिय साहित्यिक संस्थाका रुपमा रहेको साहित्य अकादमीले प्रत्येक वर्ष भारतीय संविधानको आठौँ अनुसूचीमा रहेका नेपालीसहितका २२ भाषाहरूका साथै अंग्रेजी र राजस्थानी भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरूका लेखकहरूलाई प्रदान गर्ने गर्छ । यस क्रममा यो वर्षको पुरस्कार बराललाई प्रदान हुने निणर्य आएको सिक्किमकी साहित्यकार जीविका अश्रुले जानकारी गराउनु भयो । पुरस्कार ८ मार्च २०२५ मा नयाँ दिल्लीमा हुने पुरस्कार वितरण समारोहमा प्रदान गरिनेछ ।

 

साहित्य अकादमी पुरस्कारका लागि पुस्तकहरू भाषा विशेषका तीन सदस्यीय निणर्ायकद्वारा चयन गरिन्छ । सो प्रक्रियाअनुसार, कार्यकारी बोर्डले निणर्ायकहरूद्वारा गरिएका सर्वसम्मत चयनहरू वा बहुमत मतदानबाट चयन गरिएका निणर्यहरूका आधारमा पुरस्कारहरू घोषणा गर्ने गर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल