दमकका विपन्न परिवारको घरमा उज्यालो पार्न पुग्यो एचडीएनपी

दमक,पुस २६
दमक नगरपालिका वडा नं ४ स्थित टुकुरे बस्ति र पिलपलचोकका बासिन्दाहरु ज्याला मजदुरी गरेर आफ्नो दैनिक टार्ने गर्दछन् । यहाँ नजिकै रहेको चिया बगान उनीहरुको मुख्य काम गर्ने थलो हो भने यहाँ बाहेक अन्यत्र कहाँ ज्यालाको काम गरेर त्यसदिनको पारिश्रमीक पाइन्छ उतै काम खोज्दै गर्ने गर्दछन ।

 

यसरी संघर्षपूर्ण तरिकाले आफ्नो जीविको पार्जन गरिरहेका परिवारमा उज्यालो छर्न अमेरिकामा मुख्य कार्यालय रहेको एच डि एन पि इन्टरनेशनल नामक सस्था यहाँ पुग्यो । दमकमा रहेको आशाको दियो नामक सस्था मार्फत ।

 

यहाँ रहेका ८० परिवारलाई २ सय वटा बिजुलीका बल्व लिएर यस क्षेत्रमा उज्यालोे छर्ने काम गरिएको एच डि एन पि इन्टरनेशनलका नेपाल संयोजक मीलन आचार्यले बताउनु भयो । विप्पन्न लक्षीत अन्य विभिन्न कार्यक्रम गर्ने र दमकमा रहेका अन्य सस्थासग सहकार्य गरेर त्यस्ता कार्यक्रम गर्ने आचार्यले सुनाउनु भयो ।

दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गरी आवश्यकताका आधारमा विजुलीका बल्व वितरण गरीएको हो ।

 

यस क्षेत्रमा रहेका विप्पन्न नागरीकहरुको दैनिकलाई सहज बनाउन नगरपालिकाले नीतिगत कामहरु गरिरहेको जानकारी दिदै उप प्रमुखले भट्टराईले भन्नु भयो ‘यस खाले सामाजिक सघं सस्थाहरुको पहल र कर्मले पनि समाज सुधारमा महत्वपूर्ण योगदान पुगेको छ । हामी यी सस्था मार्फत पनि लक्षीत वर्गसग जोडीने छौ ।’

 

आशाको दियो नेपालका अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय समाजसेवीहरु झसराज ढकाल, चन्द्र खत्री, मोहन ओली लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम दमक ४ का स्थानीय सामाजीक अगुवा दिपेश दाहालले सञ्चालन गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,