पाकिस्तानको पासपोर्ट सबैभन्दा खराब

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाली पासपोर्ट मार्फत बिना भिषा कति देश जान पाइएला?

दमक, पुष २७
हेन्ले पासपोर्ट इन्डेक्सले विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूको सूची सार्वजनिक गरेको छ। हेन्लीले आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका सबै १९९ देशलाई र्‍याङ्किङ गर्छ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको सूचीमा यसपटक नेपालको वरीयतामा गिरावट आएको छ । नेपाल १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो । नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन्।

 

संसारको सबैभन्दा खराब पासपोर्टको कुरा गर्ने हो भने अफगानिस्तान १०६ नम्बरमा, सिरिया १०५ नम्बरमा, इराक १०४ नम्बरमा, पाकिस्तान र यमन १०३ नम्बरमा र सोमालिया १०२ नम्बरमा छ । यस सूचीलाई हेर्दा केही समयदेखि युद्धको चपेटामा परेका र आतङ्कवाद, लागुऔषध तस्करी र गरिबीका कारण विश्वभर चर्चित रहेका देशहरू हुन् ।

छिमेकी मुलुक भारतको वरियतामा पनि ५ अङ्कले गिरावट आएको छ । सूचीमा भारत ८५ नम्बरमा आएको छ भने गत वर्ष भारतको वरीयता ८० औँ थियो ।

यसपटक सिङ्गापुर शीर्ष स्थानमा छ । अमेरिका शीर्ष ५ देशको बाहिर छ । पाकिस्तानको पासपोर्ट सबैभन्दा खराब छ। यो देशको राहदानी सोमालिया भन्दा खराब छ।

 

सिङ्गापुर राहदानी भएका व्यक्तिले भिसा बिना १९५ देशमा यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा जापान रहेको छ जसको राहदानीमा १९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् जसको राहदानीमा भिसा नलिई १९२ देशको यात्रा गर्न सकिन्छ ।

 

 

चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन र लक्जमबर्ग रहेका छन्, जसका नागरिकले १९१ देशमा भिसा फ्री प्रवेश पाउन सक्छन् । पाँचौँ नम्बरमा बेल्जियम, पोर्चुगल, बेलायत, स्विट्जरल्याण्ड र न्युजिल्याण्ड रहेका छन्, जसको राहदानीमा १९० देशमा भिसा फ्री प्रवेश छ। ९ नम्बरमा अमेरिका छ । यो देशको राहदानीमा १८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,