२ दिनमा ११ चलचित्र प्रदर्शन हुने

दमकमा काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

दमक, माघ ५
झापाको दमकमा रहेर पूर्वमै रंगमञ्च क्षेत्रमा क्रियाशील कदर थिएटरमा शनिबार (आज)बाट दुई दिने ‘काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल’ (किम्फ) सुरु भएको छ ।

 

पहिलो दिन नान्सीको निर्देशनको ‘पासाङ इन द स्याडो अफ एभरेष्ट’, अनिल कुर्मीको निर्देशनको ‘फेरा’, विज्ञान सापकोटाको निर्देशनको ‘गणेश एलिफस मेक्सिमम’, विकास न्यौपानेको ‘लक्ष्मनीया’, प्रान्नि लिम्बू निर्देशित ‘उर्मी’ प्रदर्शन भएको छ ।

 

त्यस्तै, दोस्रो दिन सिनेमामा संघीयता विषयमा अन्तरक्रियाका साथै आकांक्षा कार्कीले निर्देशन गरेको ‘सनही’, सरला थापा निर्देशित ‘ब्रिटेनका एक्का गोर्खाहरु’, सफल पाण्डे निर्देशित ‘अर्केष्टा’, किरण श्रेष्ठको ‘एट अनोदर विन्टर’, ऐश्वर्य बैदारको ‘ह्वेयर वाटर हाइसेन्थ ग्रो’ र एलेन जिस्पोनरको ‘हाइडी’ प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

 

 

थिएटरका अध्यक्ष एवम् प्रसिद्ध चलचित्र कलाकार हेमन्त बुढाथोकीले घुम्ती महोत्सवका रुपमा चलचित्र प्रदर्शनसहितका कार्यक्रमले पूर्वकै कलासाहित्यको उन्नयनमा एउटा इँटा थप्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

 

कला निर्देशक सिजन दाहालले ‘सिनेमामा संघीयता’ सहित २ दिनमा २ वटा प्यानल डिस्कसन हुने जानकारी गराउनु भयो । अर्कातर्फ कला र सन्देशपक्षले भरिपूर्ण नेपालीसहित विदेशी चलचित्रहरु हेर्न र त्यसबाट सिक्न पाउँनु मोफसलका लागि ठूलो अवसर भएको बताउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल