प्राङ्गारिक मललाई सहुलियत दिनुपर्ने नगरप्रमुख खरेलको धारणा

प्राङ्गारिकमय खेतबारी बनाउने अभियानमा उर्लाबारीको हाम्रो उद्योग

उर्लाबारी, माघ ९
अहिले रासायनिक बस्तुको असरले नेपालमात्र होइन, विश्व नै आक्रान्त छ । रासायनिक बस्तुको असरले विशेषगरी मिर्गौला, मुटु रोग, क्यान्सरसहितका जटिल रोगहरुले दिनप्रतिदिन गाँजिरहेको छ ।

 

बालीनाली सप्रिने र बढी उत्पादन दिने भ्रममा किसानहरुले खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग गर्नाले पृथ्वी नै रसायनयुक्त बनिरहेको छ । यस्तो भयावह अवस्थालाई मध्यनजर गर्दै मोरङको उर्लाबारी ९ बाँसबारीका एक युवा रासायनिक मल तथा विषादी विस्थापित गरी प्राङगारिक मल र बालीको घरेलु उपचार पद्धतीको विस्तारका लागि लागिपरिरहेका छन् ।

 

१५ वर्ष वढी विदेश बसेर नेपाल फर्किनु भएका राजीव खड्काले ०७९ सालबाट हाम्रो उन्नत प्राङ्गारिक मल उद्योग सञ्चालन गरेर कृषि क्षेत्रको आशा बन्नु भएको छ । एचएसी हेल्थ सेफ्‌टी इन्भाइरोमेन्ट अध्ययन गर्नुभएका उहाँले ०७७ सालबाट श्रीमती हिमादेवी भट्टराईको नाममा गाई र बाख्रा पालनको ‘आमा कृषि फार्म’ सञ्चालनमा ल्याउनु भएको थियो । यस अवस्थाबीच आफ्‌नो घर नजिकको जग्गामा १ करोड हाराहारीको लगानी गरी मल उद्योग थाल्नु भएको हो । गोबर मल, बाख्राको जुतो, चुनसहितका १४ प्रांगारिक तत्व मिसाएर बनाएको दानेदार मलले कृषकका खेत रसायनमुक्त बनाउने योजना रहेको उहाँले सुनाउनु भयो ।

 

दैनिक १० टन क्षमताको मेसिन रहेको र हालको अवस्थामा दैनिक १ हजार किलो उत्पादन गर्दै आएको छ । उद्योगमा १२ देखि १५ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजागारी प्रदान गर्दै आएको अवस्था छ ।

 

हाल सो मलको माग काठमाडौंसम्म भइरहेको राजीवको भनाई छ । ग्रीन एग्रेटिक सोलुसनले काठमाडौं, ललितपुर र भक्तपुरमा सो मलको डिलर राखेको छक । कर्णाली सहकारीको ४१ शाखा तथा आसपासका पालिकाहरुमार्फत किसानले मल प्रयोग गरिरहेको उहाँले सुनाउनु भयो । प्राङ्गारिक मलको पनि उत्पादन बढाएर बीउ बीजन, जैविक भिटामिन र जैविक विषादीको समेत उत्पादन गर्ने हिसाबले उद्योगलाई स्तरोन्नती गराउने अभ्यासमा आफूहरु रहेको राजीवले बताउनु भएको छ ।

 

उद्योगमा भारतबाट केमिष्ट डा. राजीव त्यागी तथा बीउ बीजन सम्बन्धीका ब्रिडर डा. सूर्यनाथ चौहानसहितका प्राविधिकले मल उत्पादनको प्राविधिक काम हेर्ने जिम्मा छ । मलको गुणस्तर जाँच गर्न काठमाडौं पुग्नु पर्ने वाद्यतालाई चिर्दै अब उद्योगले इटहरीमा आफैं ल्याब राख्ने तयारी गरेको छ । उद्योगको यसखाले तयारीमार्फत कोशी प्रदेशलाई नै रासायनिक मलमुक्त बनाउने योजना राजीवको छ । ‘रासायनिक वातावरण मुक्त गर्ने यस्तो कामलाई सघाउन अहिलेसम्म उर्लाबारी नगरमा पनि कुरा गरियो, यस बारेमा खास निर्णय केही हुनसकेको छैन । प्रदेशसहितका निकायले पनि अहिलेसम्म केही गरेको छैन ।’

 

प्रांगारिक मल, जैविक विषादी, रैथाने बीउ बीजन उत्पादनसहित फोहोरमैला प्रसोधन गरेर यसको व्यवस्थापनका लागि समेत आफूहरुसँगको ज्ञान र सीप उपयोग गर्ने उद्योग पक्षको सोच छ ।

 

आफ्‌नै नगरमा रहेको यसखाले मल उद्योगले कृषि बालीका लागि आवश्यक प्रभावकारी काम गरेको जनाउँदै उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलले रासायनिक मलमा नभएर यसखाले मलमा सरकारले सहुलियत दिनुपर्ने धारणा राख्नु भयो । नगरपालिकाले सकेसम्म प्रांगारिक मल उद्योगलाई सघाउने पनि बताउनु भयो । साथै उहाँले फोहोर व्यवस्थापन र पुननिर्माणको कामका लागि पनि सहकार्य गर्न सकिने जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि