भोलिबाट माटोको कलात्मक रंगमञ्चमा चुलाचुली पाठशाला नाट्य महोत्सव

दमक, माघ १३
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा माघ १४ र १५ गते ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ को तयारी पूरा भएको छ ।

 

चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने महोत्सवका लागि माटोकै प्रपर्टी र माटोकै कलात्मक एवम् प्राकृतिक खुला मञ्च खडा भएको छ । योखाले नाट्यशालास्थल नेपालमै नौलो हो । मञ्च र दर्शक दीर्घा लगायतका संरचना निर्माण सम्पन्न भएको संस्थाका निर्देशक चेतन आङथुपो ‘डर’ ले जनाउनु भयो । त्यहाँ निर्मित खुला रंगमञ्चमा बिहान १० देखि अपरा्‌हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने आङ्थुपोले बताउनु भयो । कार्यक्रममा कार्यशाला पनि आयोजना हुनेछ ।

 

 

महोत्सवमा नेपालका सात वटा विद्यालयको प्रस्तुति छनोटमा परेको पनि उहाँले बताउनु भयो । चुलाचुली–२ को अमृत बोर्डिङ स्कुल, सोही स्थानको जनता मावि, चुलाचुली–४ को बालज्योति माध्यमिक विद्यालय, पञ्चबुद्ध एकेडेमी, मोरङ मिक्लाजुङस्थित मधुमल्लाको रिलायन्स बोर्डिङ स्कुल, सुन्दरहरैँचा विराटचोकको सुबिजुमुर मेमोरियल बोर्डिङ स्कुल र हेटौंडाको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय महोत्सवका लागि छानिएका छन् ।

 

 

यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।
२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय