महेश बुढाथोकीको ‘राम साँईली’ म्यूजिक नेपालबाट सार्वजनिक

दमक, माघ १८
काफलगेडी कुटुक्कै बोलको गीतबाट लोकप्रिय मोरङको पथरी शनिश्चरेका लोक गायक महेश बुढाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो म्यूजिक नेपालमार्फत सार्वजनिक भएको छ ।

 

पथरी शनिश्चरेका नवोदित पत्रकार तथा कलाकार इश्वर दुलालको पहिलो निर्देशनमा पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको सो गीतलाई शुक्रबार साँझ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हाल अमेरिकामा बस्दै आउनु भएका बुढाथोकीका ‘काफगेडी कुटुक्कै.’, ‘होस गर है सोल्टिनी.’, ‘हलो अड्काउँदै.’ जस्ता गीतहरू चर्चित छन् । गीत गायनमा बबिना भट्टराईले साथ दिनुभएको छ । शब्द, भाका संकलन स्वयं बुढाथोकीले गर्नुभएको छ भने एरेन्ज अशोक राईको हो ।

पूर्वी नेपालको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मञ्जु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाइन्छ ।

म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पूजा तामाङको नृत्य कोरियोग्राफी रहेको छ । विगत १० वर्षदेखि अमेरिका बस्दै आउनु भएका गायक बुढाथोकीले नेपाल आएपिच्छे कम्तिमा एउटा गीत निर्माण गरेर फर्किने गर्दै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय