निर्दयी आमाबाबु : प्रेम सम्बन्ध छुटाउन छोरीकै हत्या, हत्यापछि खाडलमा गाडियो

मोरङ माघ २०
सुन्दा पनि आङ जीरिङ हुन सक्छ । आफ्‌नै छोरीको प्रेम सम्बन्ध टुटाउन आफ्‌नै आबुवाले छोरीको हत्या सम्म गर्न सक्छन् भन्ने सुन्दा । तर घटना सत्य हो । र घटना कुनै विदेशको नभएर नेपालकै । नेपालको पनि कुनै दुर्गम जिल्ला वा शहरको नभएर देशकै शिक्षीत र चेतनशील समुदायको बसोबास हुने ठाउँको हो । ठाउँ हो मोरङको बिराटनगर ।

 

विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्त मिलेर चारफिट गहिरो खाडल खनेर शव गाडेको खुलेको छ । प्रेम सम्बन्धबाट छुटाउने नाममा बाबुआमा र मामली परिवार मिलेर यातना दिने क्रममा उनको मृत्यु भएपछि सबै मिलेर शव गायव गर्ने प्रयत्न भएको पाइएको हो । त्यस क्रममा उनीहरुले चाँदनीको शव मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेका थिए । उक्त शव प्रहरीले शुक्रबार उत्खनन् गरेर निकालेको थियो ।

 

चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवाआमाले मामाघर ल्याएका रहेछन् ।

 

ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको अनुसन्धनमा खटेको विराटनगर प्रहरीले जनाएको छ । अहिले मामाघरतर्फको पाँच र अन्य तीन गरि आठजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि ती प्रहरी अधिकारीले जानकारी दिनु भएको छ । मृतक चाँदनीकी आमा राजकुमारीकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,