अनुशीलन

छन्दको प्रवर्द्धनमा सक्रिय विष्णु न्यौपानेको महाकाव्यसम्मको यात्रा

दमक, माघ २०
विद्यालयमा पढ्दै गर्दा कविता लेख्न रुची बढ्यो र क्याम्पस पुगेपछि छन्द कवितामा ध्यान गयो र त्यसैमा बढेको मोहले अहिले उहाँको फरक परिचय बनिरहेको छ । अर्थात झापा दमक ६ का विष्णुप्रसाद न्यौपाने पूर्वमा छन्द कविताको प्रवर्द्धनमा लाग्ने युवा पुस्ताका अगुवाका रुपमा दरिनु भएको छ ।

 

वि.सं. २०३१ साल कार्तिक १७ गते तात्कालिन चुङमाङ–४, अर्थात हालको पाख्रीबास नगरपालिका १० धनकुटामा माता पदमकुमारी र पिता हरिप्रसाद न्यौपानेका १४ सन्तानमध्ये आठौं सन्तानका रुपमा जन्मिनु भएका उहाँले २०८१ मा ‘शिशिरका घाम’ महाकाव्य लेखेर आफ्‌नो साहित्यिक उचाई थप अग्ल्याउनु भएको छ । दमकेली सर्जकमध्येमा महाकाव्य लेख्नेमा उहाँ तेस्रो सर्जक बन्नु भएको छ ।

 

उहाँको पहिलो कृति खण्डकाव्य श्रद्धाञ्जली २०६४ मा प्रकाशित भयो । २०७० मा कवितासङ्ग्रह जन्मभूमि, २०७१ मा हाइकुसङ्ग्रह सूक्ष्म आकाश, २०७६ मा कवितासङ्ग्रह शीतको ऐना प्रकाशित भएर उहाँका सृजना साहित्यकार र साहित्यानुरागीबीच फैलिन पाएका छन् ।

 

रुपरेका साप्ताहिक, काठमाडौँबाट २०५३ सालमा ‘मेरो काठमाडौँ’ शीर्षकको गद्य कविता उहाँको प्रकाशनमा आएको पहिलो सृजना हो । जसले उहाँलाई हरदम लेखिरहने प्रेरणा भर्‍यो ।

 

लक्ष्मी मावि लेटाङ २ फडानीमा २०५७ देखि २०५९ सम्म शिक्षण पेसा अपनाएपनि त्यो पेसा छोडेर उहाँ लामो समयदेखि दमकमै आफ्‌नै व्यवसाय गर्दै लेखन कार्यमा निरन्तर सक्रिय बन्दै आउनु भएको छ ।

 

समाजशास्त्रमा एमए गर्नुभएका उहाँ साहित्य कला संगम दमकका अध्यक्ष, २०७४ मा नगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठान दमकका तात्कालिन सचिव, साधना सहकारी दमकमा अध्यक्ष रहेर सृजनासँगै सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । उहाँका नियात्रा, बालकविता, जीवनीसहितका ५ वटा कृति प्रकाशनको तयारीमा छन् । उहाँले १ दर्जन बढी विभिन्न पुस्तकको सम्पादन गर्न भ्याउनु भएको छ । श्रीमती रेणुका गुरागाईं र छोरीहरू लुना र गरिमा न्यौपानेसँगको पारिवारिक माहोलमा सृजना कर्ममा लागिपरिरहँदा देश विदेशबाट दर्जनौं सम्मान प्राप्त गर्नुभएको छ ।

 

सन् २०२४ मा भारतस्थित किनार प्रकाशन गान्तोक सिक्किमद्वारा अभिनन्दन तथा वरदान साहित्य समूह दार्जीलिङ, डा. ए.पी.जे. अब्दुल कलाम फाउन्डेसन पश्चिम बङ्गाल, कोलकाता र असम नेपाली साहित्य सभा असमबाट सम्मानित बनेर आफ्‌नो सृजनकर्मको आयतन फराकिलो बनाउनु भएको छ । यसकासाथै लेखनाथ पुस्तकालय चन्द्रगढी, छन्दतरङ्ग कार्यक्रम कञ्चनजङ्घा एफ.एम. विर्तामोड, छन्दतरङ्ग काठमाडौं, विवेचना दैनिक विर्तामोड, भयवाद अध्ययन प्रतिष्ठान सुनसरी, पालुङ साहित्य परिषद्, मकवानपुर, जनता मावि बाह्रकोठे इलाम, साहित्य चौतारी विर्तामोडसहितबाट सम्मानित बनिसक्नु भएको छ । झापाली काव्यतारा, ‘दुल्लभ लामिछाने स्मृति छन्द’ पुरस्कार धनकुटासहितका पुरस्कार समेत हात पारेर आफ्‌नो जिम्मेबारी अझ बढाउनु भएको छ ।

 

मृदुभाषी र सरल स्वभावका उहाँ भारतकासाथै चीन र थाइल्याण्डको भ्रमण समेत गरेर साहित्यको उर्जा संकलन गर्नुभएको छ । उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा प्रस्तुत छ उहाँसँगको भिडियो कुराकानी र सृजना प्रस्तुति हेरौं :

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी