‘केवलकार बनाउने काम रोकेपछि मात्रै सरकारसंग वार्तामा बस्छौ’: आन्दोलनरत पक्ष

दमक, माघ २१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले आजपनि दमकमा प्रदर्शन गरेका छन् ।

‘पाथीभरा क्षेत्रमा केवल कार निर्माण बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ ‘व्यापारी चन्द्र ढकालले खरिद गरेको सरकार मुर्दावाद’ जस्ता नारा लगाएर प्रदर्शनकारीहरुले दमकको मुख्य चोकको सडकमै बसेर प्रर्दशन गरेका हुन ।

पाथीभरा मन्दिर ‘मुक्कुमलुङ’मा केवलकार निर्माणले सांस्कृतिक अतिक्रमण गर्ने भन्दै लिम्बू समुदायको मुन्धुमीस्थलको संरक्षणकालागि आन्दोलन गर्नु परेको उनीहरुले बताउँदै आएका छन्  ।

गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवाद राष्ट्रिय रुपमा चुलिएको छ । त्यसपछि सरकारका विरुद्धमा चरणवद्ध आन्दोलनहरु हुन थाल्यो। यहि क्रममा आइतबार र सोमबार कोशी प्रदेशको अरुण पूर्वका नौवटा l जिल्लामा सार्वजनिक यातायात बन्दको आह्वान गरिएको छ । सोही अनरुप सोमबार पनि दमकको मुख्य चोकमा प्रदर्शनकारीहरु बिच सडकमै पलेटी कसेर विरोध गरिरहेका थिए । चारैतिरबाट प्रहरीले घेरा हालेर उनीहरुलाई संरक्षण गरिरहेको जस्तो पनि दमकमा देखिन्थ्यो ।

 

यहि भीडमा भेटिनुभएका आन्दोलन पक्षको एउटा घटक किरात याक्थुङ चुम्लुङ र यसका झापा अध्यक्ष सेसेहाङ फियाकले कम्तिमा कुनै एउटा मन्त्रालयको मन्त्रीको संयोजकत्वमा मात्रै वार्ता गर्ने, अहिलेसम्म पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहा नगरेसम्म वार्तामै नजाने बताउनु भयो । ‘सरकारले हामीलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गर्नुको सट्टा केवलकार बनाउने काम बन्द गरेर चाही वार्तामा बोलाउन सक्दैन ?’ फियाकले प्रश्न गर्दै भन्नु भयो  ‘सरकारले हाम्रो पहिचान र सभ्यातामाथि वेवास्ता छ । ’

सरकारले भने यो विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,