‘फोहोरको व्यवस्थापन घरबाटै गरौं’ भन्दै दमकमा विद्यार्थीहरुनै सडकमा

दमक, माघ २७
२०८१ माघ महिनाको २७ गते आइतबार । बिहानको समय । विद्यार्थीहरुको समूह मार्चपाससहित सडकमा उत्रियो ।

 

 

मार्चपासको अगाडि बस्ने विद्यार्थीहरुले ब्यानर पनि बोकेको थिए । ब्यनारमा लेखिएको थियो ‘घर सफा राखे नगर सफा हुन्छ त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरांै ।’ विद्यार्थीहरुको यो मार्च पास यतिमा मात्रै सिमित भएन । दमक नगरको बजार क्षेत्र परिक्रमा गर्ने क्रममा सडकमा देखिएका र भेटिएका फोहोरहरु संकलन पनि गरिरहेको थियो ।

 

 

विद्यार्थीहरुले टिपेको फोहोर सडकमा आफैं उत्पादन हुने कुरै भएन, घरमा उत्पादन भएका फोहोर त्यहाँ ल्याएर फ्याँकिएका थिए । घरमै यसको व्यवस्थापन नगरी सडकको किनारमा फालेर ंबजार क्षेत्रलाईनै प्रदुषित गर्नु हँुदैन भन्ने सन्देश पनि ती विद्यार्थीहरुले दिइरहेका थिए ।

 

दमक नगरपालिकाले फोहोर व्यवस्थापनकालागि बिभिन्न अभ्यासहरु गरिरहेको छ । खासगरी घरको फोहोर घरभित्रै व्यवस्थापन गराउन भन्दै चलाएको अभियानलाई विद्यार्थीको तहबाट समेत सचेतना जगाएर यसलाई थप प्रभाकारी बनाउन मद्यत गरेको मार्चपास आयोजना गर्ने विद्यालय दमक ६ स्थित ग्लोवल एजुकेशनल एकेडेमीका प्रिन्सपल गुणराज अधिकारीले जानकारी दिनुभयो ।

 

विद्यालयदेखि दमक बजार हँुदै फाल्गुनन्द चोकबाट भृकुटी चोक र बेलडाँगी रोड हुँदै गणतन्त्र चोकबाट फर्निचर लाइनमा रहेको विद्यालयसम्म मार्चपास गरिएको थियो । दमक सफा राख्ने नगरको अभियानलाई सार्थकता दिन विद्यालयले आयोजना गरेको यो खाले कार्यक्रम निकै प्रभावकारी बनेको कार्यक्रममा बोल्दै दमक नगरपालिकाको वातावरण समिति अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनु भयो । उहाँले हरेक विद्यार्थीले ब्यानरमा लेखेको कुरा आफ्‌नै घरमा मात्रै कार्यान्वयन गराउन सक्ने हो भने दमकको फोहोर व्यवस्थापनको समस्याको समाधान गर्ने अभियानले अझ सार्थकता पाउने पनि उल्लेख गर्नुभयो ।

 

विद्यालयले आफ्‌नो खेलकुद सप्ताहको समुद्धघाटनको पूर्वसन्ध्यामा यस खाले सचेतनामूलक मार्च पासको आयोजना गरेको जनाएको छ । विद्यालय प्राङ्गणमा सोमबार बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म ३ दिनसम्म चल्ने खेलकुद सप्ताहमा विभिन्न खेलकुदका गतिविधिहरु हुने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको