विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् ।प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको सरयु कमला एक्सप्रेस रेलमार्फत जनकपुरधाम उमहानगरपालिकाका मेयर, विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष सन्तोष साहसहित ५२ जनाको समूह भार लिएर अयोध्याका लागि निस्किएका छन् ।

 

भारमा मिठाई, फलफूल, मिथिला परम्परा अनुसार घरमै बनाइने पारम्परिक व्यन्जन, कपडा, फूलहा भाँडा लगायतका विवाहमा आदान प्रदान गरिने वस्तुहरुको रहेको छ ।अयोध्या पुगेर तिलकोत्सव (छेका) गरिने र सोही बेला जनकपुरधाममा विवाहपञ्चमीको दिन सहभागी हुन निमन्त्रण दिइने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिनु भयो।उहाँले प्रथम व्यवसायिक रेलमार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्नु भयो।साताव्यापी रुपमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यसवर्ष यहि मंसिर २८ गते हुन गइरहेको छ ।यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्

विद्युत् खपत बढाउन र गुणस्तरीय सेवा दिन ऊर्जामन्त्रीको निर्देशन

पोखरा,१२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र

झापाको कन्काईमा थ्रेसरबाट आगलागी, ५० हजारको पराल नष्ट

झापा , १२ मसिर । धान झार्ने थ्रेसरबाट झापामा फेरि आगलागी भएको छ ।आज शनिबार बिहान कन्काई नगरपालिका २ शान्ति टोल बस्ने ओमनाथ ढकालको धान

झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने रास्वपा सभापति लामिछानेको घोषणा

काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट

मत नदिए पनि कर्णालीको विकासमा रास्वपा प्रतिबद्ध छ : सभापति लामिछाने

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताँउनु भएको छ ।शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन

झापा महिला गोल्डकपको उपाधिका लागि आज आर्मी र एपिएफ भिड्दै

दुधे, मंसिर १२ । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा