दमकमा तोकियो ‘फोहोर मैला निषेधित’ क्षेत्र, कहाँ कहाँ छन् ?

दमक, माघ २९
दमक नगरपालिकाले फोहोरको व्यवस्थापन गर्न बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । टोल टोलमा गएर सचेतना जगाउँने देखि लिएर घरको फोहोर घरभित्रै व्यवस्थापन गर्ने सम्मका काम गरिरहेको छ । विभिन्न सरोकारवालाहरुसग हरेक दिन जसो फोहोर व्यवस्थापनको बारेका छलफल र अन्कृया गर्दै प्रतिवद्धता पनि गराउने काम गरिरहेको छ । यी काम गरेपछि नागरीकहरुमा फोहोरको व्यवस्थापन सम्बन्धीको सचेतना बढ्यो भन्नेमा नगरपालिका ढुक्क देखिन थालेको छ । किनकी अव फोहोरमैला निषेधीत क्षेत्र तोकेर सार्वजनीक बोर्ड समेत राख्न थालीएको छ ।

दमक नगरपालिकाको वातावरण समितीका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा फोहोरमैला निषेधित क्षेत्र लेखिएको बोर्ड गाडीरहेको ठाउँमा भेटिनु भयो । उहाँले भन्नु भयो अव दमकलाई फोहोरमैला निषेधित नगर बनाउने छौ । त्यसैको अभियान स्वरुप अहिले केहि ठाउँमा निषेधित क्षेत्रको सुचना बोर्ड राख्ने काम भएको हो । यसमा केहि सहकारीहरुले सौजन्य समेत गर्नु भएको छ ।

पहिलो चरणमा मंगलबार नगरपालिका रोड, पशुपति मार्ग र बेलडाँगी रोडमा फोहोरमैला निषेधित क्षेत्रको सुचना बोर्ड राखीएको छ । यो क्रम निरन्तर चल्ने जनाइएको छ । खासगरी बजार क्षेत्रमा धेरै फोहोर उत्पादन हुने भएकोले बजार क्षेत्रलाईनै फोहोर मुक्त गर्यो भने नगर सफा र फोहोर रहित नगर बन्न सक्ने अध्यक्ष थापाले बताउनु भयो ।

 

कम्तिमा १ सय ठाउँमा यस खाले बोर्ड राख्दै अन्य सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन गरेर दमक नगरपालिकालाई नै फोहोर मुक्त नगर बनाउने योजनामा नगरपालिका रहेको उहाँले बताउनु भयो । निषेधित क्षेत्रमा फोहोर फाल्नेहरुलाई ५ हजार रुपैँया नगद सहित अन्य कानुनी कार्वाहि समेत गरिने नगरपालिकाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति